मंगलबार , चैत्र ७, २०७९

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

काठमाडौं । उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी नेपालका रामसहाय यादव निर्वाचित भएका छन् ।

उनले नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झालाई पराजित गरेका हुन् ।

उनलाई उपराष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र आजै प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

आज बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो ।

मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका छन् । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका थिए ।

नेपालको संविधानमा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ ।

More News