काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई गुजरातस्थित सुरत जिल्ला अदालतले मानहानिको मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ।
गुजरातको सुरतस्थित अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको छ ।
सन् २०१९ मा उनले प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध दिएको एक अभिव्यक्तिलाई लिएर उनीमाथि मानहानीको मुद्दा दायर भएको थियो ।
गान्धीले सन् २०१९ मा एक भाषणमा ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है ? (सबै चोरको थर मोदी किन हुन्छ ?)’ भन्ने अभिव्यक्ति दिएका थिए।
गान्धीको टिप्पणीले सिंगो मोदी समुदायलाई बदनाम गरेको भन्दै भारतको सत्ताधारी भारतीय जनता पार्टीका विधायक पूर्णेश मोदीको उजुरीका आधारमा मुद्दा दायर गरिएको हो।