इलाम । कन्याम पूर्वी नेपालको एक रमणीय पर्यटकीय केन्द्र हो। यो इलाम जिल्लाको सूर्योदय नगरपालिकामा अवस्थित छ। सुन्दर चिया बगान भएको यो पर्यटकीय स्थलमा स्वदेशी तथा विदेशी पर्यटकको भीड लाग्ने गर्दछ । यो पूर्वी नेपालको लोकप्रिय वनभोज स्थल पनि हो। झापा, मोरङ, सुनसरी लगायत तराईका जिल्ला तथा छिमेकी मुलुक भारत बाट ठूलो संख्यामा मानिस गर्मी छल्न र वनभोज खान आउने गर्छन।
पर्यटनका लागि कन्याममा पिकनिक स्पट, दृष्यावलोकन, घोडचढी लगायतका सेवाहरू उपलब्ध रहेका छन्।
कन्याम चिया बगानमा फोटो खिच्ने र घोडा चढ्ने पर्यटकहरुको प्रमुख आकर्षण हो । कन्याममा पिकनिक र शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटकले घोडा चढ्ने गरेका छन् । कन्याम आसपासका क्षेत्रहरु फिकल, श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिनुका साथै सगरमाथा, कुम्भकर्ण जस्ता हिमालको दृश्य पनि यहाँबाट देख्न सकिन्छ ।