काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज (आइतबार) प्रतिनिधिसभा बैठकमा बजेटबारे उठेका प्रश्नहरूको जबाफ दिने सम्भावित कार्यसूची छ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ। आजको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे छलफल हुनेछ।
यस्तै ‘विनियोजन विधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णायार्थ प्रस्तुत गरिनेछ। त्यसपछि अर्थमन्त्री महतले विनियोजन विधेयक प्रस्तुत गर्नेछन्।
फेरि सांसद सुवालले राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि अर्थमन्त्री महतले सो विधेयक प्रस्तुत गर्नेछन्।