काठमाडौं । काठमाडौं महानगरपालिका स्वास्थ्य संस्था अनुगमन टोलीले कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर र बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल शिल गरेको छ ।
महानगरपालिकाका सहायक प्रवक्ता दिपक अधिकारीले कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर र बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल शिल गरेको बताए ।
‘मापदण्ड अनुसार अस्पताल सञ्चालन नभएकाले नै सिल गरेका हौं र दर्ता पनि भएको रहेनछ । अस्पतालमा विरामी बस्ने र चेकजाँच गर्ने कोठ पनि छैन् । वर्थिङ सेन्टर भनेर सञ्चालन गरेको अस्पतालमा वर्थिङ सेन्टर नै छैन ‘, प्रवक्ता दिपकले भने ।