काठमाडौँ । आईसीसी टी-२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारत आइसिसी टि–२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन बनेको छ । यसअघि भारतले सन् २००७ मा पहिलेपटक टि-२० विश्वकपको उपाधि जितेको थियो ।
बार्बाडोसमा भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रनमा अलआउट भयो ।
उसका लागि हेनरिक क्लासेनले अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त भएन । क्लासेनले २७ बलमा ५२ रन बनाए ।
त्यस्तै, क्विन्टन डीककले ३९ रन र ट्रिस्टन स्टब्सले ३१ रनको योगदान दिए ।
भारतका हार्दिक पाण्ड्याले ३ विकेट लिए । २ ओभर बलिङ गरेका उनले २० रन खर्चिए। त्यस्तै जसप्रित बुमराह र अर्शदीप सिंहले २–२ विकेट लिँदा अक्षर पटेलले १ विकेट झारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।
भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । उनले ५९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, अक्षर पटेलले ४७ र शिवम दुवेले २७ रन जोडे ।
दक्षिण अफ्रिकाका लागि केशव महाराज र एन्रिच नोर्तेजले २–२ विकेट लिए । त्यस्तै कागिसो रवाडा र मार्को जेन्सेनले १–१ विकेट लिए ।