इटहरी । इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी’ अभियान सुरु गरेको छ । अभियान अन्तरगत उपमहानगरको विभिन्न चोक तथा मुख्य सडकहरु सँगै प्रत्येक पोलमा बत्ती जडान कार्य थालेको छ ।
इटहरी-१ स्थित बजार तथा चोकमा सडक बत्ती जडान गरी अभियान थालिएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । सबै वडालाई उज्यालो बनाउने अभियानअन्तर्गत २० वटै वडामा रहेका विद्युत्का खम्बामा बत्ती राख्ने अभियान सुरु गरेको उनले बताए ।