नेपालगन्ज । काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर बुधवार अपरान्ह खराब मौसमका कारण बाँकेको राप्ती नदीको बगरमा आकस्मिक अवतरण गरेको छ ।
पाइलटसहित दुई जना पर्यटक बोकेको हेलिकोप्टर नेपालगन्जमा तेल हालेर बैतडी जाने क्रममा मौसमको खराबीले नदी बगरमा फोर्स ल्याण्ड गरेको हो ।
हेलिकोप्टर बगरवाट सशस्त्र प्रहरीको कुसुमस्थित बेसक्याम्पमा लगिएको छ। अहिले सशस्त्रको बेसक्याम्पसमा हेलिकोप्टर राखिएको छ ।