नेपालको हिमाली भेगमा पाइने अमिलो जातको रुख स्वास्थ्यको लागि अति महत्वपूर्ण बिरुवा हो । हिमाली अमृत, होलि फ्रुट आदिको नामबाट पनि चिनिने यो फलमा प्रचूर मात्रामा vitamin C, Alpha-tocopherol, Beta-carotene, Riboflavin, Niacin, Omega 3, 6, 7 र 9, Calcium, Manganese, Magnesium, Potassium, Salicylic acid, Amino acid, Flavonoids आदि पाइने भएकोले यो Antioxidant गुण भएको महत्वपूर्ण औषधि गुणयुक्त समेत भएकोले यसको प्रयोग मानब कल्याणकोलागि गर्नसके स्वास्थ्य र धन दुवै आर्जन गर्न सकिन्छ ।
यो बिरुवाको फल, फूल, बोक्रा, पात र जरा प्रायोग गरी औषधि र खाध्य बस्तु तयार गरी बिदेशमा समेत पठाउन सकिन्छ ।
यसको पातको चिया, फलबाट जुस आदि तयार गरी दैनिक पोसिलो खानेकुराको निर्माण घरमै गर्न सकिन्छ । यसबाट तेल पनि निकाल्न सकिन्छ जो धेरै महंगोमा बिक्रि हुन्छ ।
यसको पातबाट चिया बनाइन्छ र यसको सेवनबाट शरीरमा पोषण पुग्छ, अक्सिजनको मात्रा प्रसस्त हुने र एन्टी अक्सिडेन्टले भरपुर हुने भएकोले स्मरण शक्ति बढ्ने र शरीरमा रोग प्रतिरोधात्मक क्षमताको बिकाश हुन्छ l
उच्च रक्तचाप, मधुमेह, दम, पुरानो खोकी, जिउ दुख्ने, मृगौलाको खराबी र शरीरको रक्त नालीमा बोसो जम्ने कम गर्दछ र यौन शक्ति पनि बढाउछ l
यसको जुस पिउदा शरीर लाई झनै फाइदा गर्दछ ।
जुश हिउदको महिनामामात्र पाइने भएकोले पातको चिया सधै पिउने बानि बसाल्न राम्रो हुन्छ l
साभार : खप्तड अर्गानिक नेपाल प्राबिधिक फाँट l