- यो पनि निकासको बाटो हुन सक्दछ
- सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने निर्णय गरेको छ
- चीन पुगे प्रधानमन्त्री ओली, विमानस्थलमा भव्य स्वागत
- इम्बोस्ड प्लेटबारे यातायात विभागले भन्यो असोज १ भित्रै जडान गरिहाल्नु पर्दैन, अनुकूलतामा जडान गर्नू
- निजी विद्यालय सञ्चालकहरूको आन्दोलन
- दाउन्नेको पहिरो हटाईए पछि अहिले सडक एक तर्फी सुचारु भएको छ
- सोलुखुम्बु बाढी अपडेट : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी
- सोलुखुम्बुको भोटेकोशी नदीमा आएको बाढीले विद्यालय, स्वास्थ्य चौकीसहित दर्जन बढी घर बगायो, एक जना बेपत्ता
Author: सम्पादकीय
अनेक कालखण्डमा हजारौं सपुतहरुले नेपालआमाको आँसु पुछ्न आफ्नो बलिदान दिएका छन् तर विडम्बना प्रत्यक बलिदान पछि नेपालको सत्ता राक्षसको हातमा परेको छ l यस पटक नाति पुस्ताले पनि नेपाल आमाको लागि आफ्नो रगत बगाएका छन्, कतै फेरी समवेदना रहित घमण्डी र आततायीको हातमा सत्ता नपरोस् l सर्व प्रथम देशको रक्षार्थ आफ्नो निस्वार्थ भावले बलिदान दिने नेपालका सपुत प्रति नतमस्तक भएर अश्रुधारा सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु l घाइते नानी बाबुहरुको सिघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्दछु l शोक सन्तप्त परिवार प्रति समवेदना व्यक्त गर्दै आफ्ना बलिदानी सन्तानको संकल्प पूरा गर्न सधै सजग रहन निवेदन गर्दछु l बलिदानी युवा युवतीको सहादतको…
संसारका मानिसहरु आतंककारीसंग डराउछन स्वभाविकै हो l बिनाकारण अरुलाई दुख दिने, निर्दोष नागरिकको हत्या गर्ने, बालक, महिला, गर्भवती, नवजात शिशु समेतको आतंककारीले गरेको इतिहास छ l कोहुन आतंककारी ? के कुनै मानिस जन्मजात आतंककारी हुन्छ वा केसैले बनाउछ ? मानिसले कुनै हिंसाक पसुले नगर्ने अपराध कसरी गर्दछ त ? आतंकको दुनियामा केहि व्यक्ति त मानसिक रोगि होलान तर ठूलो समूह बनाएर वा कुनै देश नै संलग्न भएर गरेको आतंक लाई के भन्ने र यसको मुल्यांकन कसरी गर्ने भन्ने कुरा भने पेचिलो छ l यी मध्ये कसलाई आतंककारी भन्ने प्रहरीको हिरासतमा रहेका मानिसलाई चरम यातना दिएर हात र खुट्टामा तेल घिउमा…
नेपालको हिमाली भेगमा पाइने अमिलो जातको रुख स्वास्थ्यको लागि अति महत्वपूर्ण बिरुवा हो । हिमाली अमृत, होलि फ्रुट आदिको नामबाट पनि चिनिने यो फलमा प्रचूर मात्रामा vitamin C, Alpha-tocopherol, Beta-carotene, Riboflavin, Niacin, Omega 3, 6, 7 र 9, Calcium, Manganese, Magnesium, Potassium, Salicylic acid, Amino acid, Flavonoids आदि पाइने भएकोले यो Antioxidant गुण भएको महत्वपूर्ण औषधि गुणयुक्त समेत भएकोले यसको प्रयोग मानब कल्याणकोलागि गर्नसके स्वास्थ्य र धन दुवै आर्जन गर्न सकिन्छ । यो बिरुवाको फल, फूल, बोक्रा, पात र जरा प्रायोग गरी औषधि र खाध्य बस्तु तयार गरी बिदेशमा समेत पठाउन सकिन्छ । यसको पातको चिया, फलबाट जुस आदि तयार…
काठमाडौँ । पेरिस ओलम्पिक २०२४ चीनलाई पछि पार्दै अमेरिका पहिलो भएको छ । दुई साताभन्दा बढी चलेको ओलम्पिकमा अमेरिका र चीन बीच भएको कडा प्रतिस्पर्धा मा अन्तिम दिन अमेरिकाले बाजी मारेको हो । प्राप्त पदक तालिका यस्तो छ : अमेरिकाले ४० स्वर्ण ४४ रजत र ४२ कांस्य सहित १२६ पदक प्राप्त गरि पहिलो स्थानमा । चीन ४० स्वर्ण २७ रजत र २४ कांस्यसहित ९१ पदक जितेर दोस्रो भयो । जापानले २० स्वर्ण १२ रजत र १३ कांस्यसहित ४५ पदक प्राप्त गरेको छ । अष्ट्रेलिया १८ स्वर्ण १९ रजत र १६ कांस्य ५३ पदक प्राप्त गरि चौथो स्थान कायम गरेको छ…
काठमाडौँ । आज श्रावण महिनाको अन्तिम सोमबार श्रद्धालु भक्तजन हरुको बिहानै देखि शुपतिनाथ मन्दिर लगायत देश भरिका शिवालयमा बिहानैदेखि घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन गरी दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन गर्न टोलि खटेको कुरा जानकारीमा आएको छ । शिब पाठक अनुयायीहरुले श्रावण महिनाभरी नियमबद्ध रुपले साकाहारी आहार खाएर प्रत्यक सोमबार ब्रत बस्ने चलन छ l यस्तो किसिमले एक चित्त भएर ब्रत बस्दा शरीरमा शुद्धि आउने र मानसिक सन्तुलन बढ्ने…
सम दोष: समाग्निग्निश्चा,समधतु मलाक्रिया l प्रसंनान्द्रिय्मना: स्वस्थ इति अभिधियाते l l यसको अर्थ हुन्छ जसको बात आदि दोष सम अवस्थामा छन्, जठराग्नी सम छ, रसादी धातु, पुरिशादी मल सम छन्, शरीरका हृदय आदि अबयवको क्रिया सम छ, आत्मा श्रोत आदि इन्द्रिय तथा मन प्रसन्न छन् भने यस्तो अवस्था भएका मानिसलाई स्वस्थ वा निरोगी भनिन्छ l यी वाक्यलाई आधुनिक विज्ञानको भाषामा भन्नेहो भने बात पित्त कफ दोषहरु सम अवस्थमा छन् (Nervous system, neurotransmitter, brain, endocrine system, digestive system, all enzymatic system, metabolic system, body fluid, blood, lymph, cerebrospinal fluid), रसादी धातु,( रस, रक्त, मांस, मेद, अस्थी, मज्जा र शुक्र), पुरिशादी मल…
अहिलेको बिश्वमा नैतिकता भन्ने बाँकि नै रहेन l जब राजनीतिबाट नैतिकता हट्छ आधुनिक हिटलरको जन्म हुन्छ l वास्तवमा भन्ने हो भने अहिलेको समयका प्रजातान्त्रिक हिटलर धेरै जन्मेका छन् l आपक्नो शक्ति प्रदर्शन र हतियारको व्यापार गर्न लाखौं निर्दोष नागरिकको हत्या भैरखेकोछ l महाभारतको युद्धपछि बन्देज लागेका ब्रम्माश्र (हालका यटमबम) को प्रयोग गर्न उत्ताउला देखिएका अमेरिका र रुस विश्वभरिका प्राणीको संहार गर्न लगभग तैयार छन् l थलचर, जलचर र अन्तरिक्ष प्राणीको दुर्गति बनाउन रणभूमिमा उत्रिएकहरुले कुनै पनि बेला आणविक युद्ध गर्नसक्ने निश्चित छ l यटमबमको बिस्फोटनबाट सुपरपावर भएर विश्वमा राज गरेको अमेरिकाले रुसलाई निस्तिनाभुत गरी बिश्वसम्भ्राट बन्न एटमबमको प्रयोग नाटो मार्फत…
शान्ति यस्तो तत्व हो जो संसारका सवै जीवहरुले चाहन्छन् l यदि जीवनमा शान्ति छैन भने धनसम्पदाले परिपूर्ण भए पनि जीवन निरस नै हुन्छ l शान्तिको खोजमा ऋषि मुनिहरुले अनेक खोजकार्य गरे l वेदमा घर, देह, पृथिवी, अन्तरिक्ष, वनस्पति आदिको शान्तिको कुरा गरिएको छ भने शान्तिको लागि पनि शान्ति आवश्यक हुने कुरा उल्लेख छ l भगवान बुद्धले अहिंसा र शान्तिको बाटोमा आफुलाई समर्पित गरे l वेद, पुरण, उपनिषद् , रामायण, महाभारत आदि शाहित्यमा रिस, राग, द्वेष, घृणा, परपीडन, अहंकार, महिला प्रति बढी आशक्ति , अती लालचका कारण लडाईं झगडाको सुरुवात हुन्छ र समयमा यसलाई रोक्न नसके यसले विकराल रुप लिएर विश्वयुद्ध…
कुनै पनि देशको आफ्नो बिकाश गर्ने, आफ्ना नागरिकको हितमा काम गर्ने, आफ्नो भाषा, धर्म, संस्कृति, आस्था, विचार, मान्यता आदिको प्रचारप्रसार गर्ने, राज्य सीमाको रक्षा गर्ने, देशलाई आर्थिक, सामाजिक, नैतिक, सामरिक र प्राविधिक रुपले बलियो वनाउने त्यहाँको सरकारको दाइत्व हुग्छ l यदि आफ्नो देश बलियो छ भने संसारभरिका देशहरुमा आफ्नो भाषिक, सांस्कृतिक, धार्मिक, ब्यापारिक वा आर्थिक र सामरिक रुपले प्रभुत्व कायम गर्ने कुरालाई समर्थन गर्नु नैतिकताले नदिय पनि जुन देशले साम्राज्यवादी नीति लिएको छ उसलेत आफुलाई ठिक छु भन्दछ नै l संसारमा शक्तिशाली, सम्पन्न र बिजयता को हुन चाहन्नर ? शक्ति र सम्पन्नताको उन्माद कसलाई लाग्दैनर ? अमेरिकाको यो विश्वलाई आफ्नो…
