संसारका मानिसहरु आतंककारीसंग डराउछन स्वभाविकै हो l बिनाकारण अरुलाई दुख दिने, निर्दोष नागरिकको हत्या गर्ने, बालक, महिला, गर्भवती, नवजात शिशु समेतको आतंककारीले गरेको इतिहास छ l कोहुन आतंककारी ? के कुनै मानिस जन्मजात आतंककारी हुन्छ वा केसैले बनाउछ ? मानिसले कुनै हिंसाक पसुले नगर्ने अपराध कसरी गर्दछ त ? आतंकको दुनियामा केहि व्यक्ति त मानसिक रोगि होलान तर ठूलो समूह बनाएर वा कुनै देश नै संलग्न भएर गरेको आतंक लाई के भन्ने र यसको मुल्यांकन कसरी गर्ने भन्ने कुरा भने पेचिलो छ l
यी मध्ये कसलाई आतंककारी भन्ने प्रहरीको हिरासतमा रहेका मानिसलाई चरम यातना दिएर हात र खुट्टामा तेल घिउमा मुछेको कपडा बेरेर आगो लगाउनेहरु कि आफ्नो ज्यान जोगाउन थाना ध्वस्त गरेर हतियार लुटेर जंगल पस्ने ? आफ्नो अस्तितो जोगाउन इजरेलका निर्दोष नागरिक मर्ने हमास कि फिलितिनिको बंस नै नास गर्ने र पचसौं लाख मानिस लाई घरबार बिहिन बनाई पचासौं हजार बालबालिका, महिला, गर्भवती र अनाथ शिशु, बृद्ध र निर्दोष नागरिकको बम हानेर हत्या गर्ने र खानेकुरा र पानी पिउन नदिएर मर्न बाध्य गर्ने ? संसार नै सैनिकीकरण गर्ने उद्धेश्यले युक्रेनका रास्ट्रपतिलाई भड्काएर संबिधानमा नै नाटोको सदस्य बन्यकुरा लेखाउने देश कि आफ्नो देश जोगाउन युक्रेनमा आक्रमण गर्ने देश ? अर्काको देशमा उनीहरु देशका लिडर, आर्मिचिफ, राष्ट्रपतिको हत्या गर्ने देश कि जसको लिडर मारिए ती देश ? हात हतियार बेच्न संसारका देशहरुलाई जुधाउने देश कि आफ्नो देश जोगाउन प्रतिक्रिया गर्ने देश ? अर्काको देशमा आफ्नो देशको सिस्टम जवर्जस्ती मान्न लगाउने कि आफ्नो देशमा आफ्नै सिस्टम लागु गर्न खोज्ने देश? संसारका देशमा सैनिक अखडा राख्ने कि आफ्नो देशमा बिदेसी सैनिक राखेकोमा बिरोध गर्ने यस्ता अनगिन्ती कुराहरुको उत्तर कसले दिने ?सबैले मै ठीक भनेर हिड्ने हो भने संसारमा हतियारले नै उत्तर देला हैन भने त उत्तर त चाहियो l
बेलायतको बिस्व बिजयको यात्रा अधुरो रहेको थियो त्येसै बेला अमेरिकाले एटम बम बनाएर जापानका निर्दोष नागरिकको निर्मम हत्या गरेर जापानलाई दाश बनाएर आफ्ना सैनिक जापानमा राखे पछि र संयुक्त राष्ट्रसंघ आफ्नो मातहत संचालन हुने र बिस्वका सबै बैंक र आर्थिक कारोबार गर्ने संस्था समेत आफुले भनेको काम गर्ने गरि व्यवस्थापन गरेर सुपर पावर बन्न खोजेको अमेरिका पेट्रोलको कारोबार डलरमा गर्ने र पछी गएर सुनको सट्टा डलर नै धितो राख्ने गरी सबैले माने पछि आर्थिक साम्राज्य पनि हत्याउन सफल भयो l सोभियत संघको बिखन्डन पछी नाटोलाई बिघटन गर्नको साटो विस्तार मात्र गरेन कि नाटोका सदस्य देशहरुलाई उनीहरुको इच्छा विपरी आफुले चाहेको देशमा आक्रमण गर्न बाध्य गराउन थाल्यो l आफु शक्तिशाली मानिएका देश बेलायत पहिले बिस्व विजयता भएर पनि आमेरिकाको कठपुतली हुन बाध्य भयो l फ्रान्स, जर्मनी आदि पावरफुल देश पनि नाटोमा फसेर अमेरिकाको इसारामा नाच्न बाध्य पारिदै छन् l अब रुस र चिनलाई बिजय गरेर संसारमा एकक्षत्र राज गर्ने अमेरिकन पोलिसीको सिकार भएका नाटो सम्वद्ध देशलाई रुस र चीनको हाउगुजी देखाएर लड्न, हतियार दिन र आर्थिक सहयोग गर्नको साथै आफुले चाहेको देशमा अन्तर्राष्ट्रिय समुदाएको नाउमा आर्थिक प्रतिवन्ध लागाउन बाध्य बनाएको कारणले नाटो भित्र रहेका धेरै देशहरु आफै आत्महत्या गरे बराबर भएको छ l आफ्नो आत्म निर्णय गर्न नसक्ने देश लाई स्वोतन्त्र देश भन्न मिल्ला ?
कुन कुन देशले आतंककारी उत्पादन गरेर विस्वभारिका निर्दोष नागरिकको हत्या गराएर डर फैलाई लुटेका छन् भन्नेकुरा सबैले बुझेका छन् l तर बोलेमा उनीहरुको घर भित्रै हत्या हुने डरले बोल्न सक्दैनन् l प्रविधिको दुरुपयोग गरी मानव संहारका लागि अनेक घातक हतियार निर्माण गरी जलचर, थलचर र अन्तरिक्षका निर्दोस जीव र बनस्पतिको समेत नास हुने गरि गरिराखेका कुकर्मले निश्चित रुपले प्रकृतिमा ठूलो उथलपुथल हुनेछ , त्यसबेला तिम्रा एटम बम र मिसाइलको केहि काम हुने छैन l अहिले बिस्फोटन गरेका बम र मिसाइल बातावरणमा कति दुस्प्रभाव परेको छ त्यसको क्षेतिपूर्ति कसले दिने ? यसबाट फैलिने महामारीको जिम्मेवारी कसले लिनेहो ? यसको उत्तर नाटो र अब नयाँ बन्ने सैनिक संगठनले देलत ? या त अहिले भैराखेका सैनिक संगठनलाई नै खारेजी गर्न सबैले दवाब दिने हो ?
इतिहासमा हिरण्य कसिपू, रावण, कंस, जरासिध र दुर्योधन यिनीहरु पनि कम पावरफुल थिएनन् तर समयले यिनीहरुको अन्त भएरै छाड्यो l अमेरिकाले एक पटक कौरबको सेना र पावर हेरे हुन्छ l पावरको मात लागेको दुर्योधनका पिता अन्धा धृतराष्ट्रसंग श्रीकृष्ण ले शान्ति दुत भएर ५ गाउमात्र भए पनि पाण्डव लाई दिएमा म लाडाइ रोक्छु भन्दा दुर्योधनले सियोको टुप्पो बरावर जमिन नदिने कुरा गर्दा कौरबको बंस नास भएको थियो l अमेरिकालाई संसार भरिका मानिसलाई दास बनाएर के पाइने हो ? यसै लोभमा अमेरिका नै नरहेमा के होला ? त्यसैले श्रीकृष्णको गीताको सत्य बचन सम्झेर लाडाइ झगडा रोकेर शान्तिको बाटो रोजौं यसैमा सबैको कल्याण छ l



