काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएका छन् ।
अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्चालमार्तफ पुनले राजीनामा दिएको जानकारी दिएका हुन् । अर्थमन्त्री खनालले पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिएको उल्लेख गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’ यसअघि चुनाव लड्नकै लागि सरकारका प्रवक्तासमेत सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्ताले यसअघि नै राजीनामा दिइसकेका छन्। स्रोतका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लड्न उनले पुनले पनि पदबाट राजीनामा दिएका हुन् ।
आइतबार मात्रै सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका थिए । मन्त्री पुनले फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनको उम्मेदवारी दर्ताकै दिन राजीनामा दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।



