काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा महाराज गुरुङ चयन हुनुभएको छ ।
काठमाण्डौमा आज भएको केन्द्रीय युवा परिषद्को प्रथम बैठकमा युवा सङ्घका अध्यक्ष क्षितिज थेबेले उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण गर्नुभयो ।
सङ्घको गएको जेठ १४ मा पोखरामा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित थेबे आउँदो प्रतिनिधिसभा सदस्य चुनावमा ताप्लेजुङबाट एमालेका उम्मेदवार हुनुहुन्छ । अध्यक्षको जिम्मेवारी पाएलगत्तै गुरुङले पद तथा गोपनीयताको सपथ पनि लिनुभएको छ ।



