काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ। नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो ।
निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल-मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।
बढेपछि काठमाडौँमा पेट्रोलको मुल्य प्रति लिटर १५७ भएको छ भने डिजल मट्टीतेलको १४२ भएको निगमले जानकारी दिएको छ ।



