काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आजका लागि तय भएको सचिवालय बैठक सरेको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार आज बस्ने भनिएको बैठक अब भोलि आइतबार बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने तय भएको छ ।
भोलिको बैठकले प्रतिनिधि सभातर्फको समानुपातिक उम्मेदवारहरूको सिफारिस गर्ने महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ । निर्वाचन आयोगले समानुपातिक सांसदहरूको नाम बुझाउन भोलिसम्मको समयसीमा दिएकाले रास्वपाले अन्तिम नामावली तयार पार्न बैठक बोलाएको हो ।
चुनावी नतिजासँगै नयाँ सरकार गठनको प्रक्रिया र पार्टीको आगामी रणनीतिका बारेमा पनि बैठकमा छलफल हुने अपेक्षा गरिएको छ ।



