काठमाडौँ । सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दैछ ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बिहान ८ बजेका लागि तय भएको यस बैठकमा परराष्ट्र मन्त्रालयका विभिन्न समसामयिक विषयमा केन्द्रित रहेर संवाद हुनेछ । बैठकमा मुख्य गरी मन्त्रालयको वर्तमान नीति, आगामी योजना तथा चालु आर्थिक वर्षका कार्यक्रमहरूको कार्यान्वयन अवस्थाबारे सरोकारवालाहरूबीच विस्तृत छलफल हुने कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ ।

