Khaptad Organic Nepal

काठमाडौँ । समुद्री क्रुज जहाज ‘एमभी होन्डियस’ मा हन्ता भाइरसको संक्रमण पुष्टि भएपछि यसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य निगरानीमा राखिएको छ ।

जहाजमा सवार पाँच जनामा यो संक्रमण देखिएको छ भने अन्य आठ जनामा लक्षण मिल्दाजुल्दा पाइएका छन् । संक्रमणका कारण एक डच महिलाको ज्यान गइसकेको छ भने अन्य संक्रमित र शंकास्पद बिरामीहरू विभिन्न देशका अस्पताल तथा होम आइसोलेसनमा उपचार र निगरानीमा रहेका छन् ।

हाल २३ देशका १४६ जना यात्रु सवार यो जहाज क्यानरी द्वीपसमूहतर्फ अघि बढिरहेको छ । त्यहाँ पुगेपछि सबै यात्रुको विस्तृत स्वास्थ्य परीक्षण गरिने तयारी छ । संक्रमण थप फैलिन नदिन जहाजभित्रै यात्रुहरूलाई आ–आफ्नो केबिनमा बस्न भनिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार हन्ता भाइरस मुसा, लोखर्केजस्ता जनावरको मलमूत्र र र्‍यालको सम्पर्कबाट मानिसमा सर्ने गर्दछ । जहाजमा पनि मुसाजन्य स्रोत वा नजिकको सम्पर्कबाटै यो भाइरस फैलिएको अनुमान गरिएको छ । सामान्यतया यो भाइरस मानिसबाट मानिसमा सर्ने सम्भावना निकै कम हुन्छ, तर अर्जेन्टिना र चिलीमा पाइने ‘एन्डिज भाइरस’ नामक प्रकार भने एक व्यक्तिबाट अर्कोमा सर्न सक्ने विज्ञहरू बताउँछन् ।

हन्ता भाइरसले मुख्य गरी दुई खाले गम्भीर समस्या निम्त्याउँछ । पहिलो प्रकारले ज्वरो, मांसपेशी दुखाइ र श्वासप्रश्वासमा गम्भीर असर पार्छ, जसमा मृत्युदर २० देखि ४० प्रतिशतसम्म हुन सक्छ । दोस्रो प्रकारले भने मिर्गौलामा गम्भीर असर पुर्‍याउँछ । यो भाइरसको कुनै निश्चित खोप वा विशेष उपचार नभएकाले लक्षणका आधारमा अक्सिजन, भेन्टिलेटर वा डायलाइसिसमार्फत बिरामीको उपचार गरिन्छ । समयमै प्रारम्भिक उपचार पाएमा बिरामी निको हुने सम्भावना बलियो रहन्छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।