Khaptad Organic Nepal

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका केही वडाहरूमा घातक बर्डफ्लु रोग फेला परेको छ ।

स्थानीय प्रशासनका अनुसार वडा नम्बर २, ३ र ४ मा तीव्र गतिमा फैलिने ‘एच–फाइभ एन–वान’ (H5N1) एभियन इन्फ्लुएन्जा भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त क्षेत्रमा संक्रमण थप फैलिन नदिनका लागि त्यहाँ पालिएका कुखुरा, हाँस, बट्टाई, लौकाटसहित तिनका अण्डा र दाना लगायतका सामग्रीहरू नष्ट गरी सुरक्षित रूपमा विसर्जन र निसंक्रमण गर्ने कार्य तीव्र पारिएको छ ।

यो रोग पन्छीबाट मानिसमा समेत सर्न सक्ने उच्च जोखिम रहेकाले नगरपालिकाले स्थानीय बासिन्दा र व्यवसायीहरूलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ । संक्रमणको जोखिम न्यूनीकरणका लागि पन्छी फार्महरूमा अनावश्यक व्यक्ति र गाडीहरूको आवतजावतमा रोक लगाउन र आवश्यक परेमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र प्रवेश गराउन भनिएको छ । साथै, एउटा फार्ममा कार्यरत कामदारलाई अर्को फार्ममा नजान र प्रयोग भइसकेका अण्डाका कागजी क्रेटहरू पुनः प्रयोग नगर्न सचेत गराइएको छ ।

खोरको मूल ढोकामा चुना तथा निसंक्रमण औषधियुक्त ‘फुटबाथ’ को अनिवार्य व्यवस्था गर्न, खोरभित्र पस्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्न तथा दैनिक रूपमा खोर र वरपरको क्षेत्र निसंक्रमण गर्न आग्रह गरिएको छ । फार्मभित्र कुकुर, बिरालो र मुसा जस्ता अन्य जनावरको प्रवेश रोक्न र मरेका पन्छीहरूलाई तुरुन्तै सुरक्षित तरिकाले खाडलमा गाड्न भनिएको छ । फार्ममा खटिने मजदुरहरूलाई व्यक्तिगत सरसफाइमा ध्यान दिन, नियमित रूपमा साबुनपानीले हातखुट्टा धुन र स्वास्थ्यमा कुनै पनि समस्या देखिएमा तुरुन्तै चिकित्सककहाँ जान सल्लाह दिइएको छ ।

यसैगरी, नगरपालिकाले पन्छी तथा पन्छीजन्य वस्तुहरूको ढुवानी गर्दा अनिवार्य रूपमा भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र लिनुपर्ने नियम लागू गरेको छ । उपभोक्ताहरूलाई पनि मासु तथा मासुजन्य परिकारहरू राम्ररी पकाएर मात्र खान अनुरोध गरिएको छ । यदि कतै अचानक ठूलो संख्यामा पन्छीहरू बिरामी परेमा वा मरेमा ढिलो नगरी नजिकैको स्थानीय तह, पशु सेवा शाखा वा सम्बन्धित कार्यालयमा खबर गर्न समेत आग्रह गरिएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।