Khaptad Organic Nepal

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले वर्तमान सरकार एक निश्चित लक्ष्यका साथ अघि बढिरहेकाले यसको गति अनियन्त्रित नभएको स्पष्ट पार्नुभएको छ ।

चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सरकारलाई ‘एक्सप्रेस’ गाडीको संज्ञा दिँदै यो आफ्नो गन्तव्यमा पुगेर मात्र रोकिने दाबी गर्नुभयो । केही राजनीतिक दलहरूले सरकारको कार्यशैलीप्रति उठाएका प्रश्नहरूको जवाफ दिँदै उहाँले सरकार नियम र कानुनको परिधिभित्रै रहेर सञ्चालन भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री शाहले रास्वपाको वैचारिक दृष्टिकोणलाई लिएर चासो राख्नेहरूलाई यो दल मुख्य रूपमा विकासवादी एजेन्डामा केन्द्रित रहेको जानकारी दिनुभयो । रास्वपा काम गर्नका लागि बनेको संगठन भएको उल्लेख गर्दै उहाँले विगतका विषयलाई लिएर कसैसँग प्रतिशोध साध्ने पक्षमा पार्टी नरहेको प्रष्ट पार्नुभयो । यद्यपि, राज्यको सम्पत्ति र ढुकुटीको दुरुपयोग गर्नेहरूका विरुद्ध भने सरकार कडा रूपमा प्रस्तुत हुने उहाँले चेतावनी दिनुभयो ।

पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ हुनुपर्नेमा जोड दिँदै वरिष्ठ नेता शाहले महाधिवेशनका क्रममा कुनै पनि प्रकारका गुट वा उपगुट सिर्जना नगर्न कार्यकर्ताहरूलाई सचेत गराउनुभयो । पुराना राजनीतिक दलहरूको जस्तो समूहगत राजनीतिले संगठनलाई कमजोर बनाउने भन्दै उहाँले नागरिकको मन जितेर मात्रै असल नेता बन्न सकिने धारणा राख्नुभयो । आफ्नो कार्यकालभित्रै सुकुम्वासी तथा सहकारी ठगी जस्ता संवेदनशील समस्याहरू समाधान गरिसक्ने प्रतिबद्धता जनाउँदै उहाँले आगामी निर्वाचनमा पार्टी नयाँ एजेन्डाका साथ जनतामाझ जाने उद्घोष गर्नुभयो ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।