Khaptad Organic Nepal

काठमाडौँ । विश्वभरका साथै नेपालमा पनि आज विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ ।

यस वर्ष ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने मूल नाराका साथ यो दिवस देशभर मनाउन लागिएको हो । हरेक वर्ष जुन २१ तारिखका दिन विश्वव्यापी रूपमा यो दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय बमोजिम सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको इतिहास छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योगको महत्त्वबारे चर्चा गर्दै यस दिवसको प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन जनाएका थिए भने पछि युरोपियन युनियनसहित १७७ देशले यसलाई समर्थन गरेका थिए । राष्ट्रसङ्घले घोषणा गरेका दिवसहरूमध्ये यो सबैभन्दा छोटो अवधि (९० दिन) मा अत्यधिक देशको समर्थन पाउने कीर्तिमान समेत हो ।

नेपालमा योगको इतिहास र अभ्यास निकै पुरानो छ । वैदिककालमा हिमालयको काखमा ऋषिमुनिहरूले योगको अध्ययन र अनुसन्धान गरेका थिए । नेपालमा विसं २०३६ देखि नै डा. हरिप्रसाद पोखरेलको सक्रियतामा सूर्य उत्तरायण सुरु हुने दिन (माघ १ गते) पारेर विश्व योग दिवस मनाउन थालिएको थियो । पछि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरिएपछि नेपालका योग अभियानकर्मीहरूको पहलमा सरकारले विसं २०७२ साउन २८ गते माघ १ गतेलाई ‘राष्ट्रिय योग दिवस’ का रूपमा घोषणा गर्‍यो । हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ मा अन्तर्राष्ट्रिय गरी वर्षमा दुई पटक योग दिवस मनाउने गरिन्छ ।

अहिले नेपालका विश्वविद्यालयहरूमा पनि योग शिक्षाको अध्यापन हुन थालेको छ । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको पढाइ भइरहेको छ भने त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभागमा पनि यसको अध्ययन-अध्यापन सुरु भइसकेको छ । आधुनिक युगको व्यस्तता र मानसिक तनावका बीच पछिल्लो समय नेपालीहरूमा योग र ध्यानप्रतिको आकर्षण पुनः बढ्दै गएको छ । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिन योग निकै प्रभावकारी माध्यम मानिन्छ ।

यसै अवसरमा आज बिहान ७ बजे राष्ट्रिय खेलकुद परिषद्को परिसरमा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिको अगुवाइ तथा मुख्यसचिवको विशेष उपस्थितिमा हुन लागेको उक्त कार्यक्रममा विभिन्न योगासनहरू प्रदर्शन गरिनुका साथै जीवनमा योगको महत्त्वबारे चर्चा गरिनेछ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।