Khaptad Organic Nepal

काठमाडौँ । विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेका उपकुलपति पदको पदपूर्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका उम्मेदवारहरूको अन्तर्वार्ता र प्रस्तुतिकरणको समयतालिका तय गरेको छ ।

मन्त्रालयद्वारा आइतबार जारी गरिएको सार्वजनिक सूचना अनुसार छनोटमा परेका आकांक्षीहरूलाई आफ्ना सम्पूर्ण शैक्षिक तथा व्यावसायिक कागजातका सक्कल प्रतिसहित असार १६ र १७ गते अन्तर्वार्ताका लागि उपस्थित हुन निर्देशन दिइएको छ ।

यो छनोट प्रक्रिया स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ मा व्यवस्था भए बमोजिम अगाडि बढाइएको हो । मन्त्रालयका अनुसार प्राप्त भएका आवेदनहरूको विस्तृत मूल्याङ्कन गरी योग्य ठहरिएका उम्मेदवारहरूलाई वर्णानुक्रमका आधारमा अन्तर्वार्ताका लागि छनोट गरिएको हो ।

यसअघि मन्त्रालयले गत असार ४ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि खुला आवेदन माग गरेको थियो ।

सोही विज्ञापनका आधारमा छनोट भएका उम्मेदवारहरूको अन्तिम नामावली र अन्तर्वार्ताको विस्तृत विवरण समेत मन्त्रालयले सार्वजनिक गरिसकेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।