Khaptad Organic Nepal

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भू-भागमा अति भारी वर्षाको प्रक्षेपण गर्दै विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल नेपालभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकाले देशभरकै मौसम प्रभावित भएको हो । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही माथि अर्थात् नेपालको तराई भू-भाग आसपास अवस्थित छ भने पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपासमा रहेको छ । यस मौसमी प्रणालीका कारण अहिले देशभर अधिकांश बदली रहनुका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो पनि देशभर अधिकांश बादल लाग्नेछ । यस क्रममा देशका हिमाली भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमस्तरको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यस्तै, पहाडी भू-भागका अधिकांश स्थान र तराईका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ । विशेषगरी कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भाग, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र मधेश प्रदेशको तराईका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । यसैगरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भने अति भारी वर्षाको समेत जोखिम रहेकाले ती क्षेत्रमा विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले रातिको समयमा पनि मौसमी सक्रियता कायम रहने जनाएको छ । राति देशभर अधिकांश बदली रही हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ । देशका अन्य पहाडी र तराई भू-भागका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना यथावत् रहनेछ ।

रातिको समयमा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको आकलन गरिएको छ । साथै कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले रातिको समयमा नदी तटीय क्षेत्र र ढल निकास कमजोर भएका भू-भागमा थप सतर्क रहन विभागले सूचित गरेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।