Khaptad Organic Nepal

काठमाडौँ । जल तथा मौसम विज्ञान महाशाखाका अनुसार नेपालमा अहिले मनसुनी वायुले देशैभरि प्रभाव पारिरहेको छ ।

मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा औसतभन्दा केही दक्षिणतर्फ सरेको छ भने पश्चिमी क्षेत्रमा भने यो रेखा सामान्य अवस्थामै सक्रिय छ । यसका कारण अहिले मुलुकभर सामान्य बदलीको अवस्था छ । हाल कोशी, बागमती, लुम्बिनी र कर्णालीका केही ठाउँमा तथा गण्डकी र सुदूरपश्चिमका सीमित क्षेत्रमा मध्यम खालको वर्षा भइरहेको छ ।

आज दिउँसो पनि देशभरि नै सामान्य बादल लागिरहने अनुमान छ । हिमाली भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका केही ठाउँ, मधेश र कर्णालीका पहाडी भू-भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्छ । पहाडी क्षेत्रका एक-दुई स्थानमा भने भारी वर्षाको समेत जोखिम छ । यसका साथै मधेश, लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा आज हावाहुरी चल्ने सम्भावना छ ।

रातिको समयमा देशभर धेरैजसो बादल लागिरहनेछ । हिमाली क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा वा हिमपातको स्थिति दोहोरिन सक्छ । मधेश, कोशी, बागमती र गण्डकीका धेरैजसो पहाडी तथा तराई क्षेत्रमा वर्षाको सम्भावना बलियो छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र तराईका केही स्थानमा पनि चट्याङ्गसहित पानी पर्नेछ । विशेषगरी रातिको समयमा मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारीदेखि निकै भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।