Khaptad Organic Nepal

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा हिमाली, पहाडी तथा तराईका क्षेत्रमा वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेकाले मुलुकका अधिकांश भू-भागमा बदली र वर्षाको अवस्था बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमसहित लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ । मधेश र लुम्बिनीका तराई क्षेत्रमा भने आंशिक बदली छ । कोशी, बागमती र कर्णालीका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा पानी परिरहेको छ ।

दिउँसो देशभर सामान्यतया बदली रही पहाडी र हिमाली भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ । यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश र सुदूरपश्चिमका तराईका थोरै स्थानमा पानी पर्ने अनुमान छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

रातिको समयमा पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना यथावत् रहनेछ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानमा उल्लेख छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।