Khaptad Organic Nepal

काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ साधारण सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले पर्यटन क्षेत्रको समग्र सुधार र दीर्घकालीन विकासका लागि कडा कानुन तथा संरचनागत परिवर्तनको आवश्यकता औँल्याएका छन् ।

समारोहमा बोल्दै उनले पर्यटकका लागि सुरक्षा सबैभन्दा पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए । हवाईजहाज, ट्याक्सी, होटलजस्ता पर्यटकीय सेवामा सुरक्षाको भरपर्दो वातावरण मिलाउनका साथै नेपाली र विदेशी पर्यटकबीच सेवा र सुविधामा कुनै पनि विभेद गर्न नहुने उनको भनाइ थियो । उनले काठमाडौँ उपत्यकामा व्यवस्थित पर्यटक बसपार्कको निर्माण गर्नुपर्ने र हाल कायम रहेका संरचनालाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताए ।

प्रस्तावित पर्यटन विधेयकमाथि गहन छलफल गरेर आगामी ५० वर्षलाई लक्षित गर्दै कानुन बनाउनुपर्ने धारणा व्यक्त गर्दै सभामुख अर्यालले नयाँ पुस्तालाई यस व्यवसायमा आकर्षित गर्नुपर्ने बताए । नेपाल वायुसेवा निगमको हालको संरचनाले नतिजा नदिने स्पष्ट पार्दै उनले वैदेशिक सहकार्य र व्यापक सुधारको खाँचो औँल्याए । साथै, नेपाललाई युरोपेली संघको कालोसूचीबाट हटाउन व्यवसायीहरूसँग आग्रह गर्दै भैरहवा, पोखरा तथा निजगढ विमानस्थलको उपयोगबारे गम्भीर समीक्षा हुनुपर्ने बताए ।

व्यावसायिक संस्थाहरूभित्र राजनीतिक गतिविधि नगर्न आग्रह गर्दै सभामुख अर्यालले सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने उल्लेख गरे । जनताको ठूलो जनादेश पाएकाले वर्तमान सरकारलाई असफल हुने कुनै पनि छुट नरहेको उनले बताए ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।