काठमाडौँ । राष्ट्रिय सभाबाट सामाजिक सञ्जाल विधेयक फिर्ता लिने निर्णय सर्वसम्मतिले पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले सभामा विचाराधीन रहेको ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता गर्ने प्रस्तावलाई पारित गरेको हो ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गरेकी थिइन् । सोही प्रतिवेदनका आधारमा विधेयक फिर्ताको प्रक्रिया अघि बढेको थियो ।
यसअघि, मन्त्रिपरिषद्को गत माघ २१ गतेको बैठकले उक्त विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको थियो । सरकारको सोही निर्णय र सदनको सहमतिसँगै अब यो विधेयक संसदीय प्रक्रियाबाट बाहिरिएको छ ।



