प्यूठान । प्यूठान निर्वाचन क्षेत्रको पछिल्लो मतगणना अनुसार नेपाली काँग्रेसका उम्मेदवार डा. गोविन्द राज पोखरेलले अग्रता लिएका छन् । उनले हालसम्म २,२६२ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशान्त वैदिक १,७१५ मतका साथ दोस्रो स्थानमा छन् ।
नेकपा (एमाले) का उम्मेदवार सुर्य थापाले ६८७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का कृष्णध्वज खड्का ४०७ मतका साथ चौथो स्थानमा रहेका छन् ।



