सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेश कुमार सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका सभापति गगन थापालाई १२,८५७ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।
निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएपछि थापाले सिंहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । उनले क्षेत्रका मतदाताको विश्वासलाई सम्मान गर्ने बताउँदै आफ्नो पराजयका बावजुद स्थानीय समस्या समाधानमा आफ्नो पहल जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अन्तिम मत परिणाम :
- अमरेश कुमार सिंह (रास्वपा) : ३५,६८८ मत (विजयी)
- गगन कुमार थापा (काँग्रेस) : २२,८३१ मत
- अम्निश कुमार यादव (एमाले) : ९,३४३ मत
काठमाडौँ-४ छाडेर मधेश झरेका थापाका लागि यो निर्वाचन क्षेत्र निकै चुनौतीपूर्ण सावित भयो। यससँगै सन् २००८ देखि जारी उनको लगातारको संसदीय यात्रामा यसपटक ब्रेक लागेको छ ।



