काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला २ हजार ९०० रुपैयाँले घटेको हो ।
नयाँ मूल्य निर्धारण भएसँगै छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा खरिद-बिक्री भएको थियो । त्यस्तै , १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ८५५ रुपैयाँ कायम गरिएको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । चाँदी तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार ८२० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण स्थानीय बजारमा मूल्य प्रभावित भएको महासंघले जनाएको छ ।



