काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा शुक्रबार उल्लेख्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा ४ हजार ६ सय रूपैयाँले घटेको छ । यससँगै आज सुन प्रतितोला २ लाख ८१ हजार रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रूपैयाँ कायम थियो ।
यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १५० रूपैयाँले घटेर ४ हजार ६ सय ७० रूपैयाँमा झरेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय २० रूपैयाँमा खरिद-बिक्री भएको महासङ्घले जनाएको छ ।



