Khaptad Organic Nepal

काठमाडौँ । विद्यालय शिक्षाको गुणस्तर सुधार्न र प्रशासनिक कामलाई अझ चुस्त बनाउन सरकारले तीनवटा नयाँ सेवाकालीन तालिम पाठ्यक्रम पारित गरेको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयमा मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको शैक्षिक जनशक्ति विकास परिषद्को २९औं बैठकले यी पाठ्यक्रमहरूलाई स्वीकृति दिएको हो । बैठकले ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ र ‘राजपत्राङ्कित नेपाल शिक्षा सेवाका द्वितीय श्रेणी, तृतीय श्रेणी तथा प्राविधिक सहायक कर्मचारीहरूको सेवाकालीन तालिम पाठ्यक्रम, २०८३’ लाई अनुमोदन गरेको हो ।

शिक्षा नियमावली २०५९ को नियम ७२ अनुसार बनेको यस परिषद्ले शिक्षा क्षेत्रमा आबद्ध जनशक्तिको कार्यक्षमता बढाउने तथा नीति निर्माणमा सहयोग पुर्‍याउने काम गर्दै आएको छ ।

नयाँ व्यवस्था अनुसार शिक्षकहरूलाई तालिम दिने प्रशिक्षकहरूको क्षमता बढाउन पहिलो पाठ्यक्रमले सहयोग गर्ने मन्त्रालयले जनाएको छ । यसैगरी प्रधानाध्यापकहरूका लागि ल्याइएको नेतृत्व विकास पाठ्यक्रमले विद्यालयको शैक्षिक र प्रशासनिक नेतृत्वलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

त्यस्तै, शिक्षा सेवाका राजपत्राङ्कित द्वितीय, तृतीय श्रेणी र प्राविधिक सहायक कर्मचारीहरू लक्षित पाठ्यक्रमले संघीयताको भावना अनुसार तीनै तहका कर्मचारीको सीप विकास गर्ने उद्देश्य राखेको छ । यसबाट सरकारी सेवा प्रवाह थप जनमुखी हुने र शैक्षिक कार्यक्रमहरू परिणाममुखी ढंगले कार्यान्वयन हुने विश्वास मन्त्रालयको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।