Khaptad Organic Nepal

काठमाडौँ । देशैभरि मनसुनी प्रणाली सक्रिय रहँदा आगामी २४ घण्टाभित्र विभिन्न भू-भागमा मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतिर सामान्य अवस्थामा र पश्चिमतिर सरदरभन्दा केही उत्तरतर्फ सरेको छ । जसका कारण देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव कायम रहेको छ ।

हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णालीका पहाडी इलाकामा मौसम साधारणतया बदली भएको छ । मधेश प्रदेशसहित कोशी र लुम्बिनीका तराई भू-भागमा भने आंशिक बदली देखिएको छ । बागमती र कर्णालीका केही स्थानका साथै अन्य प्रदेशका एक-दुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने अनुमान छ । यस क्रममा पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुनसक्ने छ भने तराईका थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति पनि मुलुकभर साधारणतया बादल लाग्नेछ । रातिको समयमा हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।