Author: खप्तड मिडिया

खप्तड मिडियामा प्रकाशित कुनै समाचारमा तपाइको गुनासो भए हामीलाई info (at) khaptadmedia.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक, युट्युब, टिकटक, ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । धन्यवाद ।

काठमाडौँ । नेपाल आयल निगमको व्यवस्थापकीय कमजोरीका कारण विगत डेढ महिनादेखि भान्सामा खाना पकाउने एलपी ग्यासको हाहाकार कायम रहँदै गर्दा अब पेट्रोलपम्पहरूमा पनि सवारीसाधनको लामो लाइन देखिन थालेको छ । आगामी निर्वाचन र फागु पूर्णिमाका कारण हुने लगातारको सार्वजनिक बिदामा इन्धन अभाव हुन सक्ने त्रासले गर्दा आइतबारदेखि उपत्यकाका अधिकांश पेट्रोलपम्पमा उपभोक्ताहरूको भीड बाक्लिएको हो । निगमले भने बजारमा माग अनुसारको इन्धन मौज्दात रहेको दाबी गरे पनि उपभोक्ताहरू भने सरकारी आश्वासनमा ढुक्क हुन सकेका छैनन् । आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार निर्वाचन अवधि र सार्वजनिक बिदाका दिनमा समेत डिपोहरू खुला राखेर इन्धन वितरण गरिने भएकाले अतालिनुपर्ने अवस्था छैन । “हामीसँग…

Read More

काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री सुशिला कार्कीले देशबासीका नाममा विशेष सम्बोधन गर्दै सम्पूर्ण मतदाताहरूलाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न आह्वान गरेकी छिन् । सम्बोधनका क्रममा उनले मतदान गर्नु भनेको केवल एउटा चुनावी प्रक्रिया मात्र नभएर आफ्नो र आफ्ना भावी सन्ततिको भाग्य र भविष्यको रेखा कोर्ने महत्वपूर्ण अवसर भएको स्पष्ट पारिन् । उनले हरेक नागरिकको एक मतले राष्ट्रको दिशा तय गर्ने भएकाले यस महान् पर्वमा उत्साहका साथ सहभागी हुन अपील गरेकी छिन् । प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मर्यादित बनाउनका लागि सबैमा संयम र आपसी सम्मान कायम राख्न विशेष जोड दिइन्…

Read More

काठमाडौँ । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व फागु पूर्णिमा अर्थात् होली नेपाल र भारत लगायत विश्वका विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइँदै छ । आपसी मनमुटाव र शत्रुता त्यागेर भ्रातृत्व तथा खुसीयाली साटासाट गरिने यो पर्वलाई विशेष गरी रंगहरूको उत्सवका रूपमा लिइन्छ । समाजमा रंगीन उमंग छर्ने यो पर्व केवल रमाइलोमा मात्र सीमित नभई यसले गहिरो पौराणिक र आध्यात्मिक सन्देश समेत बोकेको छ । एक–अर्कालाई रंग दलेर र खुसी साटासाट गरेर मनाइने यो परम्पराले समाजमा सकारात्मक ऊर्जा सञ्चार गर्ने विश्वास गरिन्छ । होली मनाउनुको मुख्य धार्मिक आधार त्रेता युगमा दानवीय प्रवृत्तिको अन्त्य र मानवताको विजयसँग जोडिएको छ । पौराणिक कथा अनुसार, घमण्डी…

Read More

काठमाडौँ । मध्यपूर्व र खाडी क्षेत्रमा पछिल्लो समय विकसित भएको असुरक्षित र असामान्य परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले ती क्षेत्रका विभिन्न मुलुकहरूमा वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार आइतबारदेखि लागू हुने गरी १२ वटा देशमा जाने नेपाली श्रमिकहरूका लागि व्यक्तिगत र संस्थागत दुवै प्रकारका श्रम स्वीकृति रोक्का गरिएको हो । छिमेकी मुलुकहरूबीचको बढ्दो सैन्य तनाव र सुरक्षा जोखिमका कारण नेपाली नागरिकहरूको जीवनरक्षाका लागि यो अप्रत्याशित कदम चालिएको सरकारको भनाइ छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहाचलस्थित श्रम स्वीकृति शाखाले एक विशेष सूचना जारी गर्दै…

Read More

काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले मुलुकभरका बैंक तथा वित्तीय संस्थाहरूलाई सार्वजनिक बिदाको समयमा पनि अत्यावश्यक सेवा सुचारु राख्न निर्देशन दिएको छ । निर्वाचन आयोगको विशेष अनुरोधपछि केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो, जसअनुसार निर्वाचन अवधिभर बैंकिङ कारोबारमा कुनै अवरोध नहुने सुनिश्चित गरिएको छ । सरकारले निर्वाचनका लागि फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गरे तापनि बैंकका काउन्टरहरू भने बन्द हुने छैनन् । यसका साथै, फागुन १८ गते हिमाली र पहाडी ५६ जिल्ला तथा फागुन १९ गते तराईका २१ जिल्लामा होली पर्वको बिदा रहे तापनि बैंकहरूले आफ्नो सेवालाई निरन्तरता दिनुपर्नेछ ।…

Read More

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख २६ हजार १ सय रुपैयाँ पुगेको छ । यसअघि आइतबार सुन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि यसको प्रत्यक्ष प्रभाव देखिएको व्यवसायीहरूले बताएका छन् । सुनसँगै आज चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ । महासङ्घका अनुसार चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो…

Read More

काठमाडौँ । नेपालको वायुमण्डलमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएसँगै देशका विभिन्न भू-भागको मौसममा फेरबदल आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरी कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था रहेको छ भने अन्य प्रदेशका उच्च पहाडी भेगमा आंशिक बादल लागेको छ । तराईका केही स्थानहरूमा भने वायुमण्डलीय स्थितिका कारण तुवाँलो र बिहानीपख हुस्सु लाग्ने क्रम जारी रहेको छ । गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको छ । सोमबारको मौसम पूर्वानुमान अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा बादलको बाक्लो उपस्थिति रहने देखिएको…

Read More

आजको राशिफल बिस २०८२ फागुन १८ गते सोमबार ईस २०२६ मार्च २ नेपाल सम्बत ११४६ चिल्लाथ्व चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल चतुर्दशी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, अतिगण्ड योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर २९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज काठमाडौँसहित पहाडी जिल्लामा होली परेको छ  । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ, कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पद्र्धीसँग अन्तक्र्रिया गरी अनुभव बटुल्नु…

Read More

काठमाडौँ । बालेन शाहका विरुद्ध सामाजिक सञ्जाल टिकटकमा भ्रामक र गलत सूचना प्रवाह गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । झापामा बालेन शाहमाथि गोली प्रहार भएको भन्दै समाजमा नकारात्मक सन्देश फैलाउने २३ वर्षीय प्रकाश भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो । भट्टले फैलाएको उक्त सूचना पूर्ण रूपमा झुटो र कपोलकल्पित भएको पुष्टि भएपछि प्रहरीले उनीमाथि कारबाही अघि बढाएको छ । प्रहरीका अनुसार भट्टलाई गत फागुन १५ गते काठमाडौँ महानगरपालिका–५ स्थित डबली चोकबाट पक्राउ गरिएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीमाथि थप अनुसन्धान गर्नका लागि ५ दिनको म्याद थप गरिसकेको छ । सामाजिक सञ्जालको प्रयोग गरेर सार्वजनिक व्यक्तित्वका विरुद्ध अफवाह…

Read More

काठमाडौँ । खाडी मुलुक इरान र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको बढ्दो सैन्य तनावका क्रममा भएको प्रतिआक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । यूएईको रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार इरानले गरेको भीषण ड्रोन तथा मिसाइल आक्रमणका क्रममा नेपाल, पाकिस्तान र बंगलादेशका एक–एक जना नागरिकले ज्यान गुमाएका हुन् । मन्त्रालयले घटनामा मानवीय क्षति भएको पुष्टि गरे पनि मृतक नेपालीको विस्तृत पहिचान भने अहिल्यै सार्वजनिक गरिसकेको छैन । रक्षा मन्त्रालयका अनुसार इरानले प्रहार गरेका ड्रोनहरू हवाई प्रतिरक्षा प्रणालीलाई छल्दै जमिनमा खस्दा यो अप्रत्याशित क्षति भएको हो । सोही घटनामा अन्य ५८ जना सामान्य घाइते भएका छन् । इरानले कुल १६५…

Read More