Author: khaptadm-admin

काठमाडौँ । फिफा विश्वकप फुटबलको रोमाञ्चक खेलमा क्रोएसियालाई स्तब्ध पार्दै पोर्चुगल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । खेलको निर्धारित ९० मिनेटपछिको इन्जुरी समयमा निर्णायक गोल गर्दै पोर्चुगलले क्रोएसियामाथि २-१ को संघर्षपूर्ण जित दर्ता गर्‍यो । खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित देखिइरहेका बेला ९४औँ मिनेटमा गोन्कालो रामोसले हेडमार्फत उत्कृष्ट गोल गर्दै टोलीको जित पक्का गरेका हुन् । राफाएल लियाओको सटिक क्रसलाई सदुपयोग गर्दै उनले दुई क्रोएसियाली डिफेन्डरको चुनौतीलाई माथ दिएका थिए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो । दोस्रो हाफको सुरुवाती समयमै क्रोएसियाले अग्रता लियो । खेलको ५३औँ मिनेटमा इभान पेरिसिकले गोल गर्दै क्रोएसियालाई १-० को स्थितिमा…

Read More

काठमाडौँ । नेपाल आयल निगमले उपभोक्तालाई सहज रूपमा इन्धन उपलब्ध गराउन पेट्रोल पम्पहरूका लागि नयाँ र कडा सजायको व्यवस्था गरेको छ । व्यवसायीहरूले विभिन्न बहानामा पम्प बन्द गरी बजारमा इन्धन अभाव सिर्जना गरेमा अब ठुलो रकम जरिबाना र डिपोबाट तेल आपूर्ति रोक्का गरिने भएको छ । उचित कारण बिना पेट्रोल पम्प बन्द गर्ने व्यवसायीलाई लक्षित गर्दै निगमले आफ्नो विनियमावलीमा संशोधन गरेको हो । मूल्य घट्ने अनुमानका आधारमा पेट्रोलियम व्यवसायीले मंगलबार निगमको डिपोबाट इन्धन नउठाएपछि बुधबार देशभर पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको थियो । अत्यावश्यक वस्तुको सूचीमा रहेको इन्धन आपूर्तिमा अवरोध पुर्‍याउने व्यवसायीमाथि तत्काल कारबाही गर्ने स्पष्ट कानुनी आधार नभएपछि उद्योग, वाणिज्य…

Read More

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न क्षेत्रमा भारी वर्षा र उच्च हिमाली भू-भागमा हिमपात हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । हाल नेपालमा मनसुनी वायुको स्पष्ट प्रभाव देखिएकाले मौसममा यस्तो परिवर्तन आएको मौसमविद्हरूले बताएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहने छ । यसका साथै पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा पानी पर्ने वा हिमपात हुने स्थिति छ भने तराईका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । विशेषगरी आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा मुसलधारे पानी पर्न सक्ने भएकाले आवश्यक पूर्वतयारी अपनाउन…

Read More

आजको राशिफल बिस २०८३ असार १९ गते शुक्रबार ईस २०२६ जुलाई ३ नेपाल सम्बत ११४६ तछलागा तृतीया, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, असार कृष्ण तृतीया, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, विश्कुम्भ योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १३ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज अन्तर्राष्ट्रिय प्लास्टिक झोला प्रयोगमुक्त दिवस परेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको दिन नयाँ अवसरलाई आत्मविश्वासका साथ उपयोग गर्न सकिने देखिन्छ। बिहानदेखि नै काममा उत्साह बढ्नेछ र धेरै समयदेखि…

Read More

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा ठुलो गिरावट आए पनि लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधनको भाडा भने सामान्य मात्र घटाइएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश मार्गमा सञ्चालन हुने यातायातका साधनमा २ प्रतिशत मात्र भाडा समायोजन गर्ने निर्णय गरेको हो । यसअघि प्रतिलिटर दुई सय ३५ रुपैयाँ ८३ पैसा रहेको डिजेलको औसत मूल्य हाल घटेर एक सय ९३ रुपैयाँ ८३ पैसा कायम भएको छ । यसरी इन्धनको मूल्यमा १८ प्रतिशतभन्दा बढीको गिरावट आएको भए पनि विभागले न्यून मात्रामा मात्र भाडा घटाएको देखिन्छ । वैज्ञानिक भाडा समायोजन प्रणालीको नियम अनुसार इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले थपघट भएमा…

Read More

काठमाडौँ । फिफा विश्वकप फुटबलको अन्तिम ३२ को रोमाञ्चक भिडन्तमा भोलि पोर्चुगल र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । टोरन्टो रंगशालामा हुने यो महत्वपूर्ण खेल नेपाली समय अनुसार भोलि बिहान ४ : ४५ बजेदेखि सुरु हुनेछ । यस खेलमा पोर्चुगलको मुख्य आशा कप्तान क्रिस्टियानो रोनाल्डोमाथि टिकेको छ । ४१ वर्षीय रोनाल्डोले समूह चरणको पहिलो खेलमा उज्बेकिस्तानविरुद्ध दुई गोल गरे पनि कङ्गो लोकतान्त्रिक गणतन्त्र र कोलम्बियाविरुद्ध भने गोल गर्न सकेनन् । विश्वकपको नकआउट चरणमा अहिलेसम्म एक गोल पनि गर्न नसकेका रोनाल्डोका लागि क्रोएसियाविरुद्धको खेल नकआउट चरणको नवौँ खेल हुनेछ । यसअघिका आठ नकआउट खेलमा उनले २9 पटक प्रहार गरे पनि सफलता पाउन सकेका…

Read More

काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । विशेष अदालतका सदस्य न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले बिहीबार पौडेलविरुद्ध तेस्रोपटक म्याद थपको आदेश जारी गरेको हो । पार्टीको एउटा कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पौडेललाई गत असार ८ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको सेयर कारोबार तथा सम्पत्तिको स्रोत शंकास्पद देखिएको भन्दै विभागले अनुसन्धान प्रक्रिया अघि बढाएको हो । यसअघि विशेष अदालतले उनलाई सुरुमा सात दिन र दोस्रोपटक असार १५ गते…

Read More

पर्वत । जलजला गाउँपालिका-६ ठोट्नेरीका ५३ वर्षीय गोरबहादुर विक एक बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरी नियन्त्रणमा परेका छन् । १२ वर्षीया ती बालिकालाई ललाई-फकाई करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । घटना विवरण अनुसार पीडित बालिकाकी आमाले असार १७ गते प्रहरी चौकीमा किटानी जाहेरी दर्ता गराएकी थिइन् । जाहेरी पर्नासाथ सक्रिय भएको प्रहरी टोलीले अभियुक्त विकलाई नियन्त्रणमा लिएको थियो । हाल प्रहरीले पक्राउ परेका विकमाथि हिरासतमा राखेर थप कानुनी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीका अनुसार विस्तृत स्वास्थ्य परीक्षणका लागि अभियुक्तलाई कुश्मास्थित प्रदेश अस्पताल पठाइएको छ । यता पीडित बालिकाको पनि स्वास्थ्य परीक्षण भइसकेको र उनको स्वास्थ्य अवस्था…

Read More

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले शिक्षा नियमावलीमा समसामयिक परिमार्जन गर्दै ‘शिक्षा दसौँ संशोधन नियमावली २०८३’ लाई पास गरेको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकले शिक्षा क्षेत्रको सुधारका लागि महत्त्वपूर्ण मानिएको यो नियमावली स्वीकृत गर्ने लगायत विभिन्न प्रशासनिक तथा नीतिगत निर्णयहरू गरेको हो । सरकारले आर्थिक क्षेत्रसँग जोडिएका केही नेपाली कानुनहरूलाई संशोधन तथा खारेज गर्नका लागि बनेको विधेयकलाई संघीय संसदमा दर्ता गराउने अनुमति दिएको छ । यसका साथै , अन्तर्राष्ट्रिय महासागरहरूको जैविक विविधता संरक्षणसँग सम्बन्धित ‘बीबीएन्जी’ सम्झौतालाई अनुमोदनका लागि संसदमा पेस गर्ने निर्णय समेत भएको छ । प्रशासनिक तर्फ सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको सरुवा गरेको छ…

Read More

सुर्खेत । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरास्थित कर्णाली राजमार्गमा बिहीबार एउटा यात्रुबाहक गाडी दुर्घटना भई कर्णाली नदीमा खसेको छ । सुर्खेतबाट कालिकोटतर्फ प्रस्थान गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट झन्डै ४०० मिटर तल नदीमा खसेको हो । प्रहरीका अनुसार उक्त गाडी सुर्खेतको पञ्चपुरी नगरपालिका–८ का २८ वर्षीय तुलाराम सुवेदीले चलाइरहेका थिए । दुर्घटनाग्रस्त गाडीमा चालकसहित कुल पाँच जना सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ । नदीमा डुबेको गाडीबाट हालसम्म एक जना पुरुष यात्रुलाई उद्धार गरी सडकसम्म ल्याउने प्रयास भइरहेको छ । घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय बासिन्दा बाँकी हराइरहेका यात्रुहरूको खोजी तथा उद्धार कार्यमा निरन्तर…

Read More