Author: khaptadm-admin

आजको राशिफल बिस २०८३ असार २३ गते मंगलबार ईस २०२६ जुलाई ७ नेपाल सम्बत ११४६ तछलागा सप्तमी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, असार कृष्ण सप्तमी, चन्द्रमा मीन राशिमा, उत्तराभाद्रपदा नक्षत्र, शोभन योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १४ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज विश्व चकलेट दिवस परेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको दिन नयाँ सोच र सकारात्मक ऊर्जाका साथ सुरु हुनेछ। बिहानदेखि नै काममा सक्रियता बढ्नेछ र रोकिएका योजनाले गति लिने…

Read More

काठमाडौँ । सरकारले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीका समस्यालाई आगामी ५०० दिनभित्र चरणबद्ध रूपमा टुङ्गोमा पुर्‍याउने नीति लिएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको उत्तर दिँदै यो जानकारी गराउनुभएको हो । उहाँले भूमि सम्बन्धी समस्याहरूलाई सामाजिक न्यायको दृष्टिकोणबाट हेर्दै उच्च प्राथमिकताका साथ समाधान गरिने स्पष्ट पार्नुभयो । विशेष गरी काठमाडौँ उपत्यकाका विभिन्न नदी किनारा तथा क्षेत्रहरूबाट हटाइएका र हाल होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्वासी परिवारहरूको स्थायी व्यवस्थापनका लागि सरकार गम्भीर रहेको मन्त्री रावलले बताउनुभयो । उनीहरूलाई सामान्य जीवनयापनमा फर्काउनका लागि तत्काल २५ हजार रुपैयाँ राहत र तीन…

Read More

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा जोडिएका पूर्वसञ्चारमन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले अदालतबाट उन्मुक्ति पाएका छन् । विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार बस्नेतलाई निर्दोष ठहर गर्दै सफाइ दिने निर्णय गरेको हो । नीतिगत निर्णय भइसकेपछिका कुनै पनि खरिद प्रक्रियामा पूर्वमन्त्री बस्नेतको संलग्नता नदेखिएको अदालतको निष्कर्ष छ । साथै, यो खरिद कार्यबाट उनले व्यक्तिगत रूपमा फाइदा लिएको भन्ने कुरा प्रमाणित गर्ने कुनै ठोस प्रमाण सरकारी पक्षले अदालतमा पेस गर्न नसकेको फैसलामा उल्लेख छ । यही प्रकरणमा तानिएका अन्य उच्च पदाधिकारीहरू भने अदालतबाट दोषी प्रमाणित भएका छन् । विशेष अदालतले…

Read More

काठमाडौँ । सरकारी स्तरबाट सञ्चालित आयुर्वेद संस्थाको क्षमता अभिवृद्धि गर्दै स्वदेशी जडीबुटीको अधिकतम उपयोगमा जोड दिइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नरदेवी आयुर्वेद अस्पताल र त्यसअन्तर्गतको वैद्यखानाको स्थलगत अनुगमन गर्दै यस्तो बताएकी हुन् । निरीक्षणका क्रममा उनले नेपालमै उपलब्ध जडीबुटीको वैज्ञानिक प्रशोधन गरी आयुर्वेदिक औषधिको उत्पादन बढाउन र विदेशी आयातमाथिको निर्भरता कम गर्न निर्देशन दिइन् । मन्त्री मेहताले अस्पतालले प्रवाह गरिरहेको आयुर्वेद उपचार, योग, प्राकृतिक चिकित्सा, औषधि उत्पादन तथा भण्डारणको अवस्थाबारे विस्तृत जानकारी लिएकी थिइन् । सर्वसाधारणले झन्झटरहित, गुणस्तरीय र भरपर्दो आयुर्वेदिक सेवा पाउने वातावरण निर्माण गर्न उनले सम्बन्धित कर्मचारीहरूलाई आग्रह गरिन् । नेपाली जडीबुटीको प्रवर्द्धनका लागि…

Read More

काठमाडौँ । सरकारी निकायका विज्ञापन निजी सञ्चारमाध्यमलाई उपलब्ध नगराउने सरकारको विवादित निर्णयका विषयमा सर्वोच्च अदालतले भोलि फैसला सुनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उक्त कदमविरुद्ध दायर भएको रिटमाथि सोमबार अन्तिम सुनुवाइ सुरु भएसँगै अदालतले भोलि नै निर्णय दिन लागेको हो । न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा आज बहस सुरु भए पनि निवेदक पक्षका कानुन व्यवसायीहरूको भनाइ नसकिएकाले यस मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखिएको छ । नेपाल मिडिया सोसाइटीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सतिसकृष्ण खरेल, रमेश बडाल, दिनेश त्रिपाठी र सोसाइटीका अख्तियारप्राप्त निवेदक अधिवक्ता अनन्तराज लुइँटेलले सोमबार आफ्नो बहस प्रस्तुत गरिसक्नुभएको छ । बहसका क्रममा कानुन व्यवसायीहरूले सरकारले…

Read More

काठमाडौँ । नेपालको पूर्वाधार र समग्र विकासका लागि अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग सरकारले उच्चस्तरीय छलफल तीव्र बनाएको छ । यसै क्रममा सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच विशेष भेटवार्ता भएको हो । उक्त अवसरमा अर्थमन्त्री डा. वाग्लेले नेपालको आर्थिक-सामाजिक रूपान्तरणका लागि एडीबीले पुर्‍याउँदै आएको सहयोग र लगानी परिचालनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यसलाई थप प्रभावकारी रूपमा निरन्तरता दिन आग्रह गर्नुभयो । जवाफमा अध्यक्ष कान्डाले नेपालको समग्र विकास प्रयासमा सहकार्य र सहयोग गर्नु एडीबीको उच्च प्राथमिकतामा रहेको प्रतिबद्धता जनाउनुभएको अर्थमन्त्रीको सचिवालयले उल्लेख गरेको छ ।

Read More

डोल्पा । अविरल वर्षाका कारण आएको लेदोसहितको बाढीले डोल्पाको जगदुल्ला गाउँपालिकामा एक जनाको ज्यान लिएको छ भने ६ जना घाइते भएका छन् । गएराति जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा धुलाखोला र आसपासका खोल्साबाट ढुङ्गा, माटो र हिलो मिश्रित बाढी गाउँमा पसेको हो । डोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिलराज गिरीका अनुसार बाढीमा परी घाइते भएकी स्थानीय ५६ वर्षीया आनन्दी विकलाई उद्धार गरेर स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बाढीका कारण घाइते भएका अन्य ६ जनाको भने झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेहरूमा ५० वर्षीया चाउरी विक, ४४ वर्षीया रेउली विक, ४८ वर्षीय विष्णु विक,…

Read More

काठमाडौँ । उखु कृषकहरूले चिनी मिलबाट पाउनुपर्ने ठुलो हिस्सा रकम भुक्तानी भइसकेको सरकारले दाबी गरेको छ । चालु आर्थिक वर्षमा सञ्चालित १३ वटा चिनी उद्योगबाट ६८ हजार किसानले पाउने कुल १३ अर्ब ७६ करोड रुपैयाँमध्ये करिब ९२ प्रतिशत रकम भुक्तानी भइसकेको सरकारी विवरणमा उल्लेख छ । वर्तमान सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा सार्वजनिक गरिएको उपलब्धि प्रतिवेदनका अनुसार विगतका वर्षहरूमा जस्तो भुक्तानीका लागि किसानले ६ देखि ८ महिनासम्म पर्खनुपर्ने बाध्यता यसपटक हटेको छ । यस वर्ष आर्थिक वर्षभित्रै रकम उपलब्ध गराउने गरी प्रभावकारी व्यवस्था मिलाइएको सरकारले जनाएको छ । त्यसै गरी सरकारका तर्फबाट उपलब्ध गराइने प्रतिक्विन्टल ७० रुपैयाँका…

Read More

काठमाडौँ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार प्रतिनिधि सभा मातहतका दुईवटा विषयगत समितिका बैठकहरू आयोजना गरिँदैछ । संसद् सचिवालयका अनुसार आज अर्थ समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो । बिहान ११ बजे सुरु हुने अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा समावेश गर्नुपर्ने महत्त्वपूर्ण विषयहरूका बारेमा छलफल हुनेछ । उक्त बैठकमा नीतिलाई थप प्रभावकारी बनाउनका लागि सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूलाई आमन्त्रण गरी सुझाव लिने कार्यसूची तय गरिएको छ । यसैगरी, दिउँसो २ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बोलाइएको छ । सो बैठकमा समितिको कार्यविधि एवं आचारसंहिता मस्यौदा उपसमितिले…

Read More

काठमाडौँ । फिफा विश्वकप फुटबलको सहआयोजक क्यानडा नकआउट चरणको खेलमा मोरक्कोसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अन्तिम १६ को प्रतिस्पर्धामा मोरक्कोसँग ३–० को फराकिलो गोल अन्तरले स्तब्ध बनेपछि आयोजक राष्ट्रमध्ये क्यानडाको यात्रा सबैभन्दा पहिलो टुट्न पुगेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा मोरक्कोले पूर्ण रूपमा दबाब कायम गर्‍यो । खेलको ५०औँ मिनेटमा अचराफ हाकिमीको फ्रिकिक पासलाई सदुपयोग गर्दै अजेदिन उनाहीले पेनाल्टी क्षेत्रको बाहिरबाट उत्कृष्ट गोल गरी मोरक्कोलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको अन्त्यतिर मोरक्कोले आफ्नो अग्रतालाई थप बलियो बनायो । ८२औँ मिनेटमा उनाहीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । त्यसैगरी,…

Read More