Author: khaptadm-admin

काठमाडौँ । विश्वभरका साथै नेपालमा पनि आज विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । यस वर्ष ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने मूल नाराका साथ यो दिवस देशभर मनाउन लागिएको हो । हरेक वर्ष जुन २१ तारिखका दिन विश्वव्यापी रूपमा यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय बमोजिम सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको इतिहास छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योगको महत्त्वबारे चर्चा गर्दै यस दिवसको प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन जनाएका थिए भने पछि…

Read More

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले वर्तमान सरकार एक निश्चित लक्ष्यका साथ अघि बढिरहेकाले यसको गति अनियन्त्रित नभएको स्पष्ट पार्नुभएको छ । चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सरकारलाई ‘एक्सप्रेस’ गाडीको संज्ञा दिँदै यो आफ्नो गन्तव्यमा पुगेर मात्र रोकिने दाबी गर्नुभयो । केही राजनीतिक दलहरूले सरकारको कार्यशैलीप्रति उठाएका प्रश्नहरूको जवाफ दिँदै उहाँले सरकार नियम र कानुनको परिधिभित्रै रहेर सञ्चालन भइरहेको बताउनुभयो । प्रधानमन्त्री शाहले रास्वपाको वैचारिक दृष्टिकोणलाई लिएर चासो राख्नेहरूलाई यो दल मुख्य रूपमा विकासवादी एजेन्डामा केन्द्रित रहेको जानकारी दिनुभयो । रास्वपा काम गर्नका लागि बनेको…

Read More

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र कुनै पनि किसिमको आन्तरिक समूह वा उपगुट मौलाउन नदिई अघि बढ्नुपर्नेमा पार्टी सभापति रवि लामिछानेले जोड दिनुभएको छ । विगतका पुराना राजनीतिक दलहरूले भोगेका खराब अनुभव र कमीकमजोरीबाट पाठ सिक्दै आफ्नो संगठनलाई बलियो बनाउनुपर्ने उहाँको भनाइ छ । चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीभित्र पूर्ण एकता कायम रहेमा आगामी दिनमा रास्वपालाई कसैले पनि चुनौती दिन नसक्ने दाबी गर्नुभयो । पार्टीका नेता तथा कार्यकर्ताहरूमा त्याग र बलिदानको भावना समान हुनुपर्ने भन्दै उहाँले कहिलेकाहीँ अरूले त्याग गर्दा खुसी हुने र आफूले गर्नुपर्दा दुःखी हुने प्रवृत्ति देखिने हुनाले…

Read More

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि दौडमा रोयल च्यालेन्जर्स बैंगलुरुले पुनः आफ्नो वर्चस्व साबित गरेको छ । गएराति भएको फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई ५ विकेटले स्तब्ध पार्दै बैंगलुरु लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । गुजरातले प्रस्तुत गरेको १५६ रनको चुनौतीलाई बैंगलुरुले १८ ओभरमै ५ विकेट गुमाएर सहजै पछ्यायो । बैंगलुरुलाई उपाधि दिलाउन कप्तान विराट कोहलीले कप्तानी इनिङ खेल्दै अविजित ७५ रनको योगदान दिए । त्यस्तै टोलीको जितमा वेंकटेस अय्यरले ३२, टिम डेभिडले २४ र रजत पाटीदारले १५ रन जोड्दै बलियो साथ दिएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट…

Read More

काठमाडौँ । बालबालिकाको हेरचाह, संरक्षण र विकासमा आमाबुबाले पुर्‍याउने अतुलनीय योगदानको कदर गर्दै आज संसारभर विश्व अभिभावक दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघ महासभाले सन् २०१२ मा निर्णय गरेबमोजिम हरेक वर्षको जुन १ तारिखलाई यस विशेष दिनका रूपमा मनाउन थालिएको हो । यो दिवसले सन्तानको सुख र भविष्यका लागि अभिभावकले गर्ने निस्वार्थ त्याग, समर्पण र अथक मेहनतलाई सम्मान गर्ने अवसर दिन्छ । राष्ट्रसंघका अनुसार बालबालिकाको उचित पालनपोषण र सुरक्षाको पहिलो र मुख्य थलो परिवार नै हो । बालबालिकाको व्यक्तित्वलाई पूर्ण र सन्तुलित रूपमा विकास गर्न उनीहरूलाई माया, खुसी, सुरक्षा र आपसी समझदारीले भरिपूर्ण पारिवारिक वातावरण दिनु आवश्यक हुन्छ । यस वर्ष…

Read More

काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा अहिले स्थानीय वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको नजिकै पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाका कारण पनि मौसममा बदली आएको हो । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेश सहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने तराईका भू-भागमा आंशिक बादल लागेको छ । यसैगरी कोशी, बागमती र कर्णालीका थोरै स्थान तथा गण्डकी र सुदूरपश्चिमका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभरकै हिमाली तथा पहाडी भेगमा साधारणतया बादल लाग्ने र तराईमा आंशिक…

Read More

आजको राशिफल बिस २०८३ जेठ १८ गते सोमबार ईस २०२६ जुन १ नेपाल सम्बत ११४६ अनालागा पारु, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ कृष्ण प्रतिपदा, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, सिद्ध योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान  ०५ बजेर ०८…

Read More

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भएपश्चात् अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको वास्तविक क्षमतालाई आधार मानेर बजेट निर्माण गरिएको बताएका छन् । आइतबार सञ्चारकर्मीहरूसँगको छलफलमा उनले सुरुवाती चरणमा बजेटको आकार २५ खर्ब रुपैयाँसम्म पुग्ने अनुमान गरिए तापनि अर्थतन्त्रको यथार्थतालाई हेरेर त्यसलाई करिब २१ खर्ब रुपैयाँमा सीमित गरिएको स्पष्ट पारे । विगतका वर्षहरूमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३० प्रतिशतभन्दा माथि बजेट लैजाने परिपाटी रहेकोमा यसपटक त्यसलाई तोडेर २८.५ प्रतिशतमा झारिएको उनको दाबी छ । विगतका ठूला विपत्तिहरू जस्तै महाभूकम्प र कोरोना महामारीका कारण देशको सार्वजनिक ऋण बढेर ४२ देखि ४३ प्रतिशतसम्म पुगेको अर्थमन्त्रीले…

Read More

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी हालैको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनुभएको छ । प्रधानमन्त्री शाहले आज (आइतबार) संसद्‌मा बोल्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको भनी दिएको बयानप्रति असन्तुष्टि जनाउँदै सांसद थापाले त्यसको स्पष्ट विवरण सार्वजनिक गर्न माग गर्नुभएको हो । सीमाजस्तो संवेदनशील विषयमा बिना तथ्य र प्रमाण बोल्न नहुने तर्क गर्दै उहाँले यदि प्रधानमन्त्रीको दाबी सत्य हो भने संसद्‌लाई जानकारी दिनुपर्ने, अन्यथा उक्त भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने माग राख्नुभयो । यसअघि प्रतिनिधि सभामा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले आफू सरकारको नेतृत्वमा आएपछि मात्र नेपालले पनि भारतीय…

Read More

काठमाडौँ । संघीय सरकारले आफ्नो कार्यकालको सुरुवाती वर्षलाई सुशासन प्रवर्द्धनको अवधिका रूपमा अघि बढाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा सांसद्‌हरूले राखेका जिज्ञासाको उत्तर दिँदै सरकारले पहिलो वर्षलाई विधिको शासन स्थापना गर्ने वर्षका रूपमा लिएर गतिविधि सञ्चालन गरिरहेको जानकारी गराउनुभएको हो । सुशासनलाई प्राथमिकता दिनुको अर्थ विकास निर्माणका आयोजनालाई रोक्नु नभएको उहाँले स्पष्ट पार्नुभयो । प्रधानमन्त्री शाहका अनुसार सरकारको मुख्य ध्यान अहिले मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्नतर्फ मोडिएको छ । बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘पहिलो वर्ष देशलाई पूर्ण रूपमा सुशासनतर्फ लैजाने, बेथितिलाई हटाउने र समाजमा बलियो जरा गाडेर बसेको भ्रष्टाचारलाई निर्मूल पार्ने काममा सरकार केन्द्रित छ ।’

Read More