Author: khaptadm-admin

बुटवल । सिद्धार्थ राजमार्गको जोखिमयुक्त सिद्धबाबा खण्डमा गुडिरहेको गाडीमाथि पहिरो खस्दा दुई यात्रु चोटपटक लागेर घाइते भएका छन् । पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको कारलाई तिनाउ गाउँपालिका–३ स्थित माथिल्लो सिद्धबाबा मन्दिर नजिकै सडक माथिबाट आएको ढुंगाले लागेको थियो । साँझ करिब साढे ६ बजे भएको उक्त दुर्घटनामा परि गाडीमा पूर्ण रूपमा क्षति पुगेको छ । सवारीमा चालकसहित तीन जना सवार रहेकोमा चालक भने सुरक्षित रहेका छन् । दुर्घटना लगत्तै उद्धार गरि घाइतेहरूलाई उपचारका लागि बुटवल पठाइएको छ । घाइते हुनेहरूमा बुटवल–७ दिपनगरकी ३७ वर्षीया जुलन र जेसिज चोककी ६२ वर्षीया राधिका ढकाल रहेका छन् । चिकित्सकका अनुसार उनीहरूको अवस्था मध्यम छ…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा शीर्ष राजनीतिक नेतृत्वबीच सर्वदलीय बैठक बस्ने भएको छ । संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजे बैठक तय भएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए । देशमा आइपरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने मुख्य एजेन्डामा बैठक केन्द्रित रहनेछ । बाढीपहिरो तथा प्राकृतिक विपद्‌बाट भएको क्षति, उद्धार, राहत र पुनर्जागरणका कामलाई चुस्त बनाउन शीर्ष नेताहरूबीच छलफल हुन लागेको हो ।

Read More

काठमाडौँ । कर्णाली प्रदेशको मुगु जिल्लालाई केन्द्रविन्दु बनाएर रातिको समयमा लगातार दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको कलाई क्षेत्र आसपास केन्द्रविन्दु भएर मध्यराति १:५१ बजे पहिलो धक्का दर्ज गरिएको थियो । ४.१ रेक्टर स्केल मापन गरिएको उक्त धक्कापछि रातकै ४:२८ बजे पुन: ४.२ रेक्टर स्केलको दोस्रो भूकम्प गएको हो । एकाबिहानै लगातार दुई पटक धक्का महसुस भएपछि स्थानीय बासिन्दामा केही बेर त्रास फैलिएको थियो ।

Read More

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज आयोजना हुँदैछ । संसद् सचिवालयले दिएको जानकारीअनुसार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ । आजको बैठकमा महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने मुख्य कार्यसूची तय भएको छ । त्यस्तै, राष्ट्रिय सभाको बैठक भने दिउँसो १:१५ बजे सुरु हुनेछ । राष्ट्रिय सभा बैठकमा पूर्वाधार विकास मन्त्रालय एवम् स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम छ । यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले…

Read More

काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव कायम रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ । जसका कारण आज देशभर साधारणतया बादल लाग्नुका साथै अधिकांश स्थानमा वर्षा र केही उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ…

Read More

आजको राशिफल बिस २०८३ भाद्र ३१ गते बुधबार ईस २०२६ सेप्टेम्बर १६ नेपाल सम्बत ११४६ ञलाथ्व पञ्चमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र कृष्ण पक्ष पञ्चमी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, वैधृत योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५० मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १० मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज काममा नयाँ उत्साह आउनेछ। कार्यक्षेत्रमा आफ्नो विचार स्पष्ट रूपमा राख्न सक्दा वरिष्ठ व्यक्तिको समर्थन प्राप्त हुन सक्छ। रोकिएको काम अघि बढ्नेछ। व्यापारमा नयाँ ग्राहकसँग…

Read More

काठमाडौँ । कैलालीको गौरीगंगा नगरपालिका–४ मा रहेको कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीलाई तोकिएको थप सेवा सुविधा तथा पारिश्रमिक उपलब्ध गराउने निर्णय गराइदिने बहानामा बमले दुई लाख रुपैयाँ घुस लिएको दाबी अख्तियारको छ । अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले बमलाई दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा उनले पदीय हैसियतको दुरुपयोग गर्दै रकम असुल गरेको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) अनुसार कारबाहीको माग गरिएको छ । आयोगले बमबाट दुई लाख रुपैयाँ बिगो असुल…

Read More

काठमाडौँ । देशका विभिन्न सरकारी निकायमा सरुवा भएका कर्मचारीलाई समयमै रमाना नदिई पुरानै स्थानमा काम गराउने र तलबभत्तासमेत निकासा गर्ने परिपाटी अन्त्य गर्न कडा कदम चालिएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई पत्राचार गर्दै तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन दिएको छ । सरुवा भइसकेका कर्मचारीलाई विभिन्न बहानामा रोकेर राख्दा खासगरी स्थानीय तहमा जनशक्तिको अभाव भई सेवा प्रवाहमा प्रत्यक्ष असर परेको मन्त्रालयको निष्कर्ष छ । निजामती सेवा नियमावली अनुसार तोकिएको म्यादभित्र रमाना नदिई साविककै कार्यालयबाट तलब भुक्तानी जारी राखेमा उक्त अवधिभरको रकम सम्बन्धित…

Read More

काठमाडौँ । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि तल्लो तहदेखि केन्द्रीय तहसम्मका विभिन्न पदमा प्रतिस्पर्धा गर्न चाहने उम्मेदवारहरूका निम्ति मनोनयन शुल्क सार्वजनिक गरेको छ । नयाँ निर्वाचन निर्देशिका बमोजिम पार्टीको असोज ३ र ४ गते वडास्तरबाट प्रारम्भ हुने अधिवेशन प्रक्रिया असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनसम्म सञ्चालन हुनेछ । उक्त तालिका अनुसार शीर्ष पद मानिने केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिन रु ४० हजार दस्तुर तोकिएको छ । यस्तै उपसभापति र महामन्त्री पदका आकांक्षीले रु ३० हजार, सहमहामन्त्रीले रु २० हजार तथा केन्द्रीय सदस्य पदका लागि रु ११ हजार शुल्क बुझाउनुपर्नेछ । प्रदेशस्तरको नेतृत्वका लागि सभापतिले रु २०…

Read More

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा घरजग्गा कारोबारमा ठूलो सुधार आएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कुल कारोबार संख्या १२.२५ प्रतिशत र राजीनामा कारोबार २२.८८ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा घरजग्गा किनबेच भएको क्षेत्रफल १५.४१ प्रतिशतले वृद्धि भएको छ, जबकि अघिल्लो वर्ष यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो । चौथो त्रैमासमा मात्रै कुल २ खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँको घरजग्गा कारोबार भएको छ, जसका कारण समग्र आर्थिक वर्षको कारोबार रकम ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । बजारमा कारोबार बढेसँगै सरकारी राजस्व ४८.२६…

Read More