- अमेरिकाले थप आक्रमण गरे नयाँ हतियार र नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी
- रसुवा बाढीको अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
- चितवनमा केराको उत्पादन बढे पनि मूल्य आधा घट्यो, बारीमै कुहिने चिन्ता
- झापाका सबै स्थानीय तहमा ३० वर्षमाथिका नागरिकलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप
- राष्ट्रसङ्घ महासभा जानुअघि प्रधानमन्त्री शाह र कांग्रेस नेताहरूबिच भेटवार्ता
- परराष्ट्र मन्त्रालयद्वारा ‘जलवायु कूटनीति शाखा’ स्थापना
- चलचित्र विकास बोर्डद्वारा बक्स अफिस रिपोर्ट सार्वजनिक: ‘गौथली’को कमाइ २५ करोड नाघ्यो; बक्स अफिसमा बेहुली र पेन्सन पट्टाको टक्कर
- त्रिपुरेश्वरमा गुडिरहेको बसमा आगलागी, चालक घाइते
Author: khaptadm-admin
काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहत रहेको राहदानी विभागले आफ्ना सेवाग्राहीको सम्पूर्ण विवरणलाई नयाँ प्रविधिमा सार्ने काम पूरा गरेको छ । विभागका अनुसार करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी पुराना विवरणहरूलाई नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको हो । नेपालको इतिहासमै यति ठूलो परिमाणमा तथ्याङ्क स्थानान्तरण (डेटा माइग्रेसन) गरिएको यो पहिलो पटक हो । सोमबारदेखि यही नयाँ प्रणालीमार्फत विभागले आफ्ना नियमित सेवाहरू सुरु गरेको छ । प्रणाली परिवर्तनको यो प्रारम्भिक चरणमा प्राविधिक जटिलता आउन सक्ने विभागले जनाएको छ । नयाँ सफ्टवेयर कार्यान्वयन गर्दा सुरुका केही दिन प्रणाली सुस्त चल्ने र राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्ने भएकाले…
काठमाडौँ । मुलुकभरका अधिकांश ठूला तथा साना नदी र खोलाहरूमा आगामी तीन दिनसम्म पानीको सतह बढ्ने चेतावनी दिँदै सतर्क रहन सरकारी निकायले आह्वान गरेको छ । जल तथा मौसम विज्ञान विभाग मातहतको बाढी पूर्वानुमान महाशाखाले विशेषगरी आज र भोलि पहाडी क्षेत्रका साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने सम्भावना औंल्याएको हो । हाल देशका प्रमुख नदी प्रणालीहरू कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीका साथै अन्य सहायक नदीहरूको बहाव सामान्य अवस्थामा रहे पनि आगामी दिनमा यसमा ठूलो वृद्धि हुने महाशाखाले जनाएको छ । आज कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बागमती, बबई, पूर्व राप्ती र पश्चिम राप्ती लगायतका अधिकांश नदीमा पानीको सतह बढ्ने…
काठमाडौँ । कर्णाली प्रदेशको अवरुद्ध विद्युत सेवालाई तत्काल सुचारु गर्न र मर्मत कार्यलाई गति दिन नेपाल विद्युत प्राधिकरणले सो क्षेत्रमा आफ्नै यान्त्रिक क्रेन पठाउने तयारी गरेको छ । राष्ट्रिय प्रसारण लाइनमा आउने समस्याका कारण पटक-पटक बत्ती जाने र क्रेन अभावमा मर्मतमा ढिलाइ हुने जनगुनासो बढेपछि प्राधिकरणले यो कदम चालेको हो । हाल खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशपमा मर्मत सम्भार भइरहेको क्रेन प्रक्रिया पूरा हुनासाथ कर्णाली पठाइने प्राधिकरणले जनाएको छ । यसअघि खम्बा वा ट्रान्सफर्मर फेर्न अन्य प्रदेशबाट क्रेन मगाउनुपर्दा हप्तौंसम्म विद्युत आपूर्ति ठप्प हुने गरेको थियो । आफ्नै साधन उपलब्ध भएपछि अब छोटो समयमै प्राविधिक समस्या समाधान भई कर्णालीवासीले भरपर्दो विद्युत सेवा…
काठमाडौँ । मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र आन्तरिक दलीय विषयलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच गहन संवाद भएको छ । प्रधानमन्त्री शाह आइतबार सभापति लामिछानेलाई भेट्न उनको बुढानिलकण्ठस्थित निवासमै पुग्नुभएको थियो । दुई नेताबीच करिब चार घण्टासम्म चलेको उक्त भेटमा पार्टीको विधान संशोधन, पदाधिकारी चयन, केन्द्रीय सदस्य मनोनयन र समसामयिक राजनीतिक घटनाक्रमबारे विस्तृत समीक्षा भएको बताइएको छ । गणेश नेपालीको आत्मदाह र सुकुम्बासी समस्यालाई लिएर सडकदेखि सदनसम्म सरकारको आलोचना भइरहेका बेला भएको यस भेटलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ । यद्यपि, यो छलफलका विषयमा प्रधानमन्त्री र रास्वपा सभापति दुवैले अहिलेसम्म कुनै…
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा ठूलो पानी पर्ने चेतावनी दिँदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले देशभर मनसुनी वायुको प्रभाव बलियो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । यस्तै मधेस, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पनि केही स्थानमा वर्षाको आकलन गरिएको छ । कोशी, बागमती र गण्डकीका…
काठमाडौँ । नेपाली वाङ्मयका शिखर पुरुष आदिकवि भानुभक्त आचार्यको २१३औं जन्मजयन्तीका अवसरमा आज स्वदेश तथा विदेशमा विविध साहित्यिक कार्यक्रमहरू भइरहेका छन् । संस्कृत भाषामा सीमित रामायणलाई सर्वसाधारणले बुझ्ने गरी सरल नेपाली भाषामा भावानुवाद गरेर उनले नेपाली साहित्य र समाजलाई समृद्ध बनाएका हुन् । लयबद्ध रूपमा वाचन गरिने उनको रामायण आज पनि नेपाली जनमानसमा निकै लोकप्रिय छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एक ठाउँमा ल्याएको नेपाललाई भानुभक्तले भाषा र संस्कृतिमार्फत भावनात्मक रूपमा जोड्ने काम गरेको इतिहासविदहरू बताउँछन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मेका उनलाई एक सर्वसाधारण घाँसीले दिएको प्रेरणादायी अर्तीले नै रामायण रचना गर्ने ऊर्जा मिलेको जनविश्वास छ…
आजको राशिफल बिस २०८३ असार २९ गते सोमबार ईस २०२६ जुलाई १३ नेपाल सम्बत ११४६ तछलागा चतुर्दशी. रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, असार कृष्ण चतुर्दशी, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, ध्रुब योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १७ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ । आज आदिकवि भानुभक्तको जन्मजयन्ती परेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको दिन आत्मविश्वास र दृढ इच्छाशक्तिका साथ अघि बढ्ने अवसर मिल्नेछ। लामो समयदेखि रोकिएका काममा सकारात्मक प्रगति हुने संकेत देखिएको छ। कार्यक्षेत्रमा तपाईंको मेहनत, नेतृत्व क्षमता र निर्णय…
काठमाडौँ । मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु भएपछि सरकार र पीडित पक्षबीच आन्दोलन टुङ्ग्याउन ९ बुँदे सहमति भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी, महानगरका प्रमुख प्रशासकीय अधिकृत र मृतककी पत्नीबीच गृह मन्त्रालयमा भएको वार्तामा उक्त सम्झौता भएको हो । वार्तामा सहमति भएका ९ बुँदाहरू यस प्रकार छन्: १. घटनाको निष्पक्ष छानविनका लागि सरकारले पूर्वन्यायाधीशको नेतृत्वमा तत्कालै स्वतन्त्र समिति बनाउने र सो समितिले सात दिनभित्र आफ्नो प्रतिवेदन बुझाउने । २. कानुनी प्रावधान, पुराना नजिर र छानविन समितिको सिफारिसका आधारमा मृतक नेपालीलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने । ३. घटनाको समयमा अग्रभागमा खटिएका काठमाडौँ महानगरपालिकाका नगर प्रहरीहरूलाई छानविनको अन्तिम…
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री एवं निर्देशिका दीपाश्री निरौलाको मस्तिष्कको ट्युमर (ब्रेन ट्युमर) को सफलतापूर्वक शल्यक्रिया गरिएको छ । स्वास्थ्यमा अचानक समस्या देखिएपछि केही दिनअघि काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना भएकी उनको चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको हो । अहिले उनी सोही अस्पतालमा उपचाररत छिन् । सुटिङका क्रममा रहेका बेला दीपाश्रीको स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा ब्रेन ट्युमर भएको पत्ता लागेको थियो । चिकित्सकहरूले तुरुन्तै शल्यक्रिया गर्नुपर्ने सुझाव दिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको शल्यक्रिया वरिष्ठ न्युरो सर्जन डा. वसन्त पन्तको नेतृत्वमा भएको हो । दीपाश्रीको सफल शल्यक्रियापछि उनका सहकार्यकर्ता एवं अभिनेता दीपकराज गिरीले सामाजिक…
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी र डुबानबाट प्रभावित भएका एक बालकलाई निजी तवरबाट ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । शनिबार बिहान आएको बाढीका कारण उक्त सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवार डुबानमा परेपछि साम्पाङले सामाजिक सञ्जालमार्फत यो घोषणा गरेका हुन् । वर्तमान नेतृत्व र सरकारको नीतिका कारण सुकुम्बासीहरू घरबारविहीन हुनुपरेको आरोप लगाउँदै उनले नागरिकलाई सही नेतृत्व पहिचान गर्न आग्रह गरे । सामाजिक सञ्जालमा उनले बालकको पीडाप्रति सहानुभूति प्रकट गर्दै सरकारले पुर्याएको चोटमा आफ्नो सहयोग सानो मलमपट्टी मात्र भएको उल्लेख गरेका छन् । बालबालिकाको सुरक्षित भविष्यले नै देशको भविष्य निर्धारण…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
