Author: khaptadm-admin

काठमाडौँ । फिफा विश्वकपको उपाधि दौडमा बलियो दाबेदार मानिएको फ्रान्सलाई पाखा लगाउँदै स्पेन फाइनलमा पुगेको छ । अमेरिकाको डलासमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्समाथि २-० को रोमाञ्चक र प्रभावशाली जित निकाल्यो । खेलको सुरुवातदेखि नै आक्रामक रणनीति अपनाएको स्पेनले बल नियन्त्रण र पासिङमा फ्रान्सलाई पूर्ण रूपमा दबाबमा राखेको थियो । स्पेनका लागि मिकेल ओयारजाबालले पेनाल्टीमार्फत पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ५८औं मिनेटमा पेड्रो पोरोले डानी ओल्मोको उत्कृष्ट ‘वान-टु’ पासलाई सदुपयोग गर्दै दोस्रो गोल थपे र टोलीको जित सुनिश्चित गरे । खेलमा मिडफिल्डर ओल्मोले उत्कृष्ट प्रदर्शन गरे । उनले ९६.७ प्रतिशत पास सफलता दर राख्दै…

Read More

काठमाडौँ । राष्ट्रिय सभाको नयाँ बैठक मंगलबार दिउँसो बस्ने तय भएको छ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेर १५ मिनेट जाँदा बैठक सुरु हुनेछ । उक्त बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

Read More

काठमाडौँ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ । यस बैठकमा विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरू पेस गर्ने, नयाँ विधेयकमाथि छलफल गर्ने र अन्तर्राष्ट्रिय श्रम संगठनका महासन्धिलाई अनुमोदन गर्ने मुख्य कार्यसूची तय गरिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ । यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव…

Read More

काठमाडौँ । विश्वभरका युवाहरूमा व्यावसायिक क्षमता र दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ आज अन्तर्राष्ट्रिय स्तरमा युवा सीप दिवस मनाइँदैछ । रोजगारी, स्वरोजगारी र उद्यमशीलताका लागि सीपको आवश्यकता र यसको महत्वलाई बुझाउन संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा हरेक वर्ष जुलाई १५ लाई यो दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । यस वर्षको दिवस ‘साझा भविष्यका लागि सीप’ भन्ने मूल नाराका साथ तय गरिएको छ । पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई), हरित अर्थतन्त्र, डिजिटल प्रविधि र श्रम बजारमा आएको तीव्र परिवर्तनले रोजगारीको पारम्परिक स्वरूप बदलिदिएको छ । यस्तो अवस्थामा युवा पुस्तालाई केवल प्राविधिक ज्ञान मात्र नभई डिजिटल साक्षरता, सामाजिक उत्तरदायित्व, नेतृत्वदायी…

Read More

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको स्पष्ट प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सरेर नेपालको तराई भू-भाग नजिक अवस्थित भएकाले देशभर मौसममा बदली र वर्षाको क्रम जारी छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका साथै मधेश र तराईका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हिमपात तथा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । यो क्रम राति पनि कायम रहने र…

Read More

काठमाडौँ । ट्राफिक प्रहरीले नियम मिच्ने सवारीचालकसँग जरिवाना काट्दा कुनै पनि खालको अतिरिक्त भत्ता वा कमिसन नपाउने नेपाल प्रहरीले प्रष्ट पारेको छ । केही समययता सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा ट्राफिक प्रहरीले जरिवाना गराएबापत कमिसन पाउने भन्दै भ्रम फैलिएपछि प्रहरीले यसबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले एक विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरीले उठाउने सम्पूर्ण जरिवाना रकम सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने जानकारी दिएका छन् । बिनाकुनै प्रमाण र सत्यता जाँच नगरी सम्प्रेषण गरिने यस्ता समाचारले राज्यका जिम्मेवार निकायप्रति नागरिकको भरोसा गुम्ने र प्रशासनिक काम कारबाहीलाई अनावश्यक रूपमा…

Read More

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको नेतृत्वमा सरकारले महेश्वरभक्त श्रेष्ठलाई जिम्मेवारी सुम्पिएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई निगमको कार्यकारी अध्यक्षसँगै महाप्रबन्धकको समेत काम गर्ने गरी नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले श्रेष्ठलाई दुवै पदको दोहोरो जिम्मेवारी सम्हाल्ने गरी नियुक्त गरेको जानकारी दिनुभयो ।

Read More

काठमाडौँ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वसाधारण र राष्ट्रसेवक कर्मचारीको हितलाई ध्यानमा राख्दै विभिन्न पाँच वटा महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार कृषि क्षेत्रको सुधारका लागि ‘बिउ विजन (पहिलो संशोधन) नियमावली २०८१’ लाई बैठकले स्वीकृत गरेको छ । यसैगरी, बाढीपहिरो जस्ता विपद्का बेला अग्रपंक्तिमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीहरूको प्रोत्साहनका लागि विशेष भत्ता उपलब्ध गराउने निर्णय सरकारले गरेको छ । खेलकुद क्षेत्रतर्फ देशको नाम राख्ने खेलाडी, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरिने भएको छ । हवाई क्षेत्रको व्यवस्थापनका लागि नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षमा महेश्वर…

Read More

काठमाडौँ । बिनाजानकारी लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक सहसचिवसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै ९० दिनभन्दा बढी समयदेखि गायब रहेका ती उच्च अधिकारीलाई कारबाही प्रक्रिया अघि बढाएको हो । विभिन्न माध्यमबाट सम्पर्क गर्ने प्रयास गर्दा पनि ती सहसचिव सम्पर्कमा नआएको र उनको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएको मन्त्रालयले जनाएको छ । उनी गत २०८२ साल माघ ११ गतेदेखि नै लगातार कार्यालयमा अनुपस्थित रहँदै आएका थिए । निजामती सेवा ऐन, २०४९ को प्रावधान अनुसार उनलाई सरकारी सेवाबाट बर्खास्त गर्ने तयारी मन्त्रालयले गरेको छ । यसै सन्दर्भमा १५ दिनभित्र चित्तबुझ्दो…

Read More

काठमाडौँ । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ गतेको उक्त निर्णयलाई उत्प्रेषणको आदेशमार्फत खारेज गर्ने फैसला सुनाएको हो । नेपाल मिडिया सोसाइटीका तर्फबाट अख्तियारप्राप्त निवेदक अधिवक्ता अनन्तराज लुइँटेलले दायर गरेको रिटमाथि असार २२ र २३ गते दुवै पक्षबीच बहस भएको थियो । अदालतको यो फैसलापछि प्रतिक्रिया दिँदै अधिवक्ता लुइँटेलले सरकारी निर्णय बदर हुनुले सम्पूर्ण सञ्चार क्षेत्रप्रति न्याय भएको बताएका छन् । सुनुवाइका क्रममा मिडिया सोसाइटीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शतिसकृष्ण खरेल, रमेश बडाल, ललितबहादुर बस्नेत, दिनेश त्रिपाठीका साथै अधिवक्ताहरू अनन्तराज लुइँटेल, विकास भट्टराई,…

Read More