Author: khaptadm-admin

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगितामा नर्वेलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै इङल्याण्ड अन्तिम चारमा प्रवेश गरेको छ । जुड बेलिङ्घमले दुई गोल गरेपछि इङल्याण्डले सेमिफाइनलको यात्रा तय गरेको हो । अब इङल्याण्डले फाइनल प्रवेशका लागि अर्जेन्टिना वा स्विट्जरल्यान्डमध्ये एक टोलीको सामना गर्नेछ । प्रतिस्पर्धात्मक खेलको ३६औँ मिनेटमा आन्द्रेयास शेल्डेरुपले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा एन्थोनी गोर्डनको पासमा बेलिङ्घमले गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो । दोस्रो हाफमा नर्वेका केही प्रहार असफल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको तेस्रो मिनेटमा मोर्गन रोजर्सको प्रहार नर्वेका गोलरक्षकले रोक्न नसक्दा…

Read More

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशैभर मनसुनी वायु सक्रिय रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक सरेकाले वर्षाको सम्भावना बढेको हो । अहिले पनि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पहाडी र तराईका धेरै क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने अनुमान छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा भारी वर्षाको समेत सम्भावना छ । रातिको समयमा वर्षा अझ बढ्ने र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रमा अति भारी वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र र पहिरोको…

Read More

आजको राशिफल बिस २०८३ असार २८ गते आइतबार ईस २०२६ जुलाई १२ नेपाल सम्बत ११४६ तछलागा द्वादशी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, असार कृष्ण द्वादशी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, वृद्धि योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १६ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको दिन नयाँ अवसरलाई आत्मविश्वासका साथ उपयोग गर्ने समय रहनेछ। विगतदेखि रोकिएका केही काममा सकारात्मक प्रगति देखिनेछ। कार्यक्षेत्रमा तपाईंको मेहनत, निर्णय क्षमता र नेतृत्व शैलीको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्ने भएकाले समय व्यवस्थापनमा…

Read More

धनगढी । बझाङमा शनिबार एउटा जीप दुर्घटनामा पर्दा तीन जना यात्रुको ज्यान गएको छ । केदारस्यूँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिकाको चुहावनतर्फ गइरहेको जीप दुर्घटना हुँदा अन्य सात जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेहरूको उद्धार कार्यमा मौसमले अवरोध पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालय बझाङकी सूचना अधिकारी सत्याकुमारी जोशीका अनुसार घाइतेहरूलाई थप उपचारका लागि लैजान सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर पठाइए पनि खराब मौसमका कारण दुर्घटनास्थलमा अवतरण हुन सकेन । अहिले स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू उद्धार कार्यमा निरन्तर खटिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराईले दुर्घटनास्थलमा सदरमुकाम चैनपुरबाट चार वटा एम्बुलेन्स पठाइएको जानकारी दिनुभयो । उक्त जीपमा…

Read More

काठमाडौँ । निर्वाचन आयोगको नेतृत्व फेरि अर्का आयुक्तको काँधमा आइपुगेको छ । उमेर हदका कारण यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी बाहिरिएपछि आयुक्त डा जानकीकुमारी तुलाधरले नयाँ कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको हो । भण्डारी ६५ वर्ष पुगेकाले यही असार २३ गते अवकाश पाउनुभएको थियो । उहाँपछि वरीयताक्रममा अगाडि रहनुभएकी तुलाधरलाई यो जिम्मेवारी सुम्पिएको हो । कुल पाँच सदस्यीय कोटा रहने निर्वाचन आयोग अहिले केवल दुई आयुक्तको भरमा चलिरहेको छ । हाल आयोगमा डा तुलाधर र आयुक्त सगुनशमशेर जबरा मात्र हुनुहुन्छ । यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०८२ वैशाख ५ गते र निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले २०७९ फागुन ४…

Read More

काठमाडौँ । देशका विभिन्न ठाउँमा लगातार परेको वर्षासँगै आएको बाढी र पहिरोले कर्णालीसहित पाँचवटा प्रमुख राजमार्गको यातायात सेवा पूर्ण रूपमा ठप्प पारेको छ । कालिकोटको गगन खोलामा गए राति खसेको पहिरोका कारण कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुन पुगेको हो । सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहका अनुसार यतिबेला गगन खोलाको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास निरन्तर भइरहेको छ । कार्यालयले वर्षात्को समयमा यात्रा गर्दा उच्च सावधानी अपनाउन र विशेषगरी रातिको समयमा यात्रा नगर्न सर्वसाधारणका नाममा सार्वजनिक सूचना जारी गरेको छ । यसैगरी, मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुपालीमा पहिरो जाँदा सडक खण्ड पूर्ण रूपमा बन्द भएको प्रहरीले…

Read More

काठमाडौँ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा शनिबार बिहान सरकारी गाडी र एम्बुलेन्स एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन् । दुर्घटनामा धनुषाधाम नगरपालिकाकी उपप्रमुख विद्या भुजेलसहित दुवै सवारीमा सवार व्यक्तिहरू घाइते भएका हुन् । ढल्केवरबाट बर्दिबासतर्फ गइरहेको उपप्रमुख भुजेल सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको स्करपियो र बडहरीबाट विराटनगरतर्फ बिरामी लिएर जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स एकापसमा ठोक्किएका थिए । प्रहरीका अनुसार दुर्घटनामा सरकारी गाडीका चालक बद्री भुजेल, उपप्रमुख विद्या भुजेल र भीमराज भुजेल घाइते भएका छन् । यस्तै, एम्बुलेन्स चालक दीपेन्द्रकुमार महतो, वसन्तकुमार सिंह, रेणुकुमारी महतो, राजुदेवी र लक्ष्मी महतो घाइते भएका छन् ।…

Read More

काठमाडौँ । संकटमा परेको शिव शिखर सहकारीका थप ९६ जना बचतकर्ताले आफ्नो रकम फिन्तर पाएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार हालसम्म यस सहकारीका जम्मा १ हजार २ सय १३ जना सदस्यले रकम फिर्ता पाइसकेका छन् । समितिले पहिलो चरणमा कम बचत रकम भएका साना बचतकर्तालाई प्राथमिकता दिएर रकम उपलब्ध गराएको हो । आगामी दिनमा बचत रकमको वर्गीकरण गरेर क्रमशः अन्य सदस्यहरूको पनि पैसा फिर्ता गरिने समितिले जनाएको छ । सरकारका अनुसार समस्याग्रस्त सहकारीका ऋणीहरूबाट असुल गरिएको रकम र सम्पत्ति व्यवस्थापनबाट संकलन भएको स्रोत नै पीडितहरूलाई बाँडिएको हो । यो प्रक्रिया प्रचलित कानुनी व्यवस्था अनुसार निरन्तर अघि बढ्ने जानकारी…

Read More

काठमाडौँ । काठमाडौँको बुद्धनगरमा शनिबार बिहान एक पुरुषले आफ्नै शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् । बुद्धनगरमा डेरा गरी बस्दै आएका ४५ वर्षीय अश्विन राउतले बिहान करिब ६ बजेतिर भान्सा कोठामा आगो लगाएको प्रहरीले जनाएको छ । घटना लगतै फेला परेका राउतलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । प्रहरीले यस घटनाको कारणबारे आवश्यक अनुसन्धान सुरु गरिसकेको जानकारी दिएको छ । केही दिन यता आत्मदाहका घटना लगातार बाहिरिएका छन् । यसअघि बिहीबार त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने शुक्रबार नै सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डललाई उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर…

Read More

खोटाङ । खोटाङमा ज्यालाको विषयलाई लिएर भएको विवादमा एक व्यक्तिको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ मा आफूले काम गरेको रकम माग्न गएका स्थानीय ३८ वर्षीय भक्तबहादुर अधिकारी (ध्रुव) को खुकुरी प्रहारबाट घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार असार २५ गते दिउँसो करिब १२ बजे अधिकारी स्थानीय ५७ वर्षीय तिलबहादुर सार्कीको घरमा पैसा माग्न पुगेका थिए । सोही क्रममा विवाद हुँदा तिलबहादुर लगायतको समूहले उनीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । मुख्य आरोपी तिलबहादुर सार्कीलाई घटना भएकै दिन…

Read More