- अमेरिकाले थप आक्रमण गरे नयाँ हतियार र नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी
- रसुवा बाढीको अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
- चितवनमा केराको उत्पादन बढे पनि मूल्य आधा घट्यो, बारीमै कुहिने चिन्ता
- झापाका सबै स्थानीय तहमा ३० वर्षमाथिका नागरिकलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप
- राष्ट्रसङ्घ महासभा जानुअघि प्रधानमन्त्री शाह र कांग्रेस नेताहरूबिच भेटवार्ता
- परराष्ट्र मन्त्रालयद्वारा ‘जलवायु कूटनीति शाखा’ स्थापना
- चलचित्र विकास बोर्डद्वारा बक्स अफिस रिपोर्ट सार्वजनिक: ‘गौथली’को कमाइ २५ करोड नाघ्यो; बक्स अफिसमा बेहुली र पेन्सन पट्टाको टक्कर
- त्रिपुरेश्वरमा गुडिरहेको बसमा आगलागी, चालक घाइते
Author: khaptadm-admin
आजको राशिफल बिस २०८३ असार २७ गते शनिबार ईस २०२६ जुलाई ११ नेपाल सम्बत ११४६ तछलागा एकादशी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, असार कृष्ण एकादशी, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, गण्ड योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १६ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज विश्व जनसंख्या दिवस परेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको दिन उत्साह, ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने अवसर मिल्नेछ। लामो समयदेखि सोचिरहेका योजना कार्यान्वयन गर्ने अनुकूल समय…
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा भारतको ‘ए’ टिमसँग प्रतिस्पर्धा गर्ने भएको छ । आगामी डिसेम्बर महिनामा दुई देशबीच तीन खेलको टी-२० सिरिज आयोजना हुन लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानका अनुसार यो सिरिजका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछन् । तालिका अनुसार डिसेम्बर ९ मा पहिलो, डिसेम्बर ११ मा दोस्रो र डिसेम्बर १३ मा तेस्रो खेल हुने तय भएको छ । स्कटल्याण्डमा भएको आईसीसी कन्फरेन्सका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव देवजित साइकियाबीच यस सिरिजका विषयमा औपचारिक सहमति भएको हो…
काठमाडौँ । परराष्ट्र मन्त्रालयले सर्वसाधारणलाई अझ सहज र छिटो राहदानी उपलब्ध गराउन आगामी असार २९ गतेदेखि नयाँ प्राविधिक प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले राहदानी वितरण कार्यलाई आधुनिक र प्रविधिमैत्री बनाउन नयाँ प्रणाली सुरु गर्न लागिएको जानकारी दिनुभयो । मन्त्रालय र राहदानी विभागले यसको सम्पूर्ण तयारी पूरा गरिसकेका छन् । सुरुवाती चरणमा केही सामान्य प्राविधिक समस्या आए पनि सेवा प्रवाहमा कुनै अवरोध नहुने र यो नियमित रूपमा सुचारु रहने मन्त्रालयले प्रष्ट पारेको छ । सरकारले राहदानी सेवालाई व्यवस्थित बनाउन अन्य दुई महत्त्वपूर्ण कदम पनि चालेको छ । तयारी भइसकेका राहदानीहरू छिटोभन्दा…
काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको आपसी सहकार्य र द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने विषयमा उच्चस्तरीय छलफल भएको छ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपाल भ्रमणमा रहेका यूएईका विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोउदीबीच शुक्रबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो । वर्तमान संसद् गठन भएपछि यूएईबाट भएको यो नै सबैभन्दा उच्च तहको भ्रमण हो । भेटका क्रममा सभामुख अर्यालले सन् १९७७ मा सुरु भएको दुई देशबीचको कूटनीतिक सम्बन्ध मित्रता र आपसी विश्वासमा टिकेको चर्चा गरे । आगामी सन् २०२७ मा कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुग्ने अवसरमा स्वर्ण जयन्तीलाई उपलब्धिमूलक ढंगले मनाउन नेपाल…
काठमाडौँ । मुगुका गणेश नेपालीले गरेको आत्मदाह घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले उच्चस्तरीय छानबिन समिति बनाएको छ । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको जानकारी संसद्लाई गराएका हुन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री गुरुङले घटनाबारे विस्तृत अनुसन्धान गर्न यो कदम चालिएको बताए । यसैगरी, घटनाको अनुसन्धान र सोधपुछका लागि हाल तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको समेत उनले सदनमा स्पष्ट पारे ।
काठमाडौँ । राज्य संयन्त्र र समाजको कमजोरीका कारण नागरिकले चरम निराशा भोग्नुपरेको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापाले गम्भीर चिन्ता व्यक्त गरेका छन् । गणेश नेपालीको आत्मदाहको घटनापछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस विषयमा सबै पक्षले गहिरो आत्मसमीक्षा गर्नुपर्ने औंल्याएका हुन् । यो घटनाले राज्य सञ्चालन र नागरिकप्रतिको सामाजिक उत्तरदायित्वमाथि ठूलो प्रश्न उठाएको थापाको भनाइ छ । सभापति थापाले यस दुःखद घटनालाई राजनीतिक दाउपेच वा आरोप-प्रत्यारोपको माध्यम बनाउन नहुनेमा जोड दिएका छन् । आफ्ना समस्या र पीडा सुनाउनका लागि एउटा नागरिकले शरीरमा आगो नै सल्काउनुपर्ने स्थिति कसरी आयो भन्नेबारे इमानदार जवाफ खोज्न उनले आग्रह गरे । सरकारी…
काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको ज्यान गएको छ । वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला उनको निधन भएको हो । हाल भक्तपुर बस्दै आएका मुगुको सोरू गाउँपालिका-२ का २५ वर्षीय नेपालीले बिहीबार दिउँसो विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए । मोटरसाइकल पार्किङ गर्ने विषयमा काठमाडौँ महानगरपालिकाका नगर प्रहरीसँग विवाद भएपछि उनले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो सल्काएका थिए । गम्भीर घाइते भएका नेपालीलाई तत्कालै उद्धार गरी अस्पताल पुर्याइए पनि चिकित्सकहरूले उनलाई बचाउन सकेनन् ।
काठमाडौँ । विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरूले आफ्नो कार्यभार सम्हाल्ने वैधानिक प्रक्रिया पूरा गरेका छन् । मन्त्रालयमा आयोजित एक विशेष समारोहका बीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नवगठित उपकुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । यसरी शपथ लिनेहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. विवेक आचार्य र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नवीस मान सिं प्रधान हुनुहुन्छ । यस्तै, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नारायण सिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. सूर्यमान मेन्याङबो तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति…
काठमाडौँ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले बजारबाट पैसा उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले ९१ दिने अवधिको ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्काशन गर्न लागेको हो । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार यो उपकरणका लागि इच्छुक वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सक्नेछन् र आजै यसको निष्काशन गरिनेछ । यस बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट अनुमतिप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र भाग लिन पाउने व्यवस्था छ । लगानीकर्ताले न्यूनतम १० करोड रुपैयाँदेखि सुरु गरेर ५ करोडले भाग जाने अंकमा कुल आह्वान गरिएको…
काठमाडौँ । कतार विश्वकपको उपविजेता फ्रान्सले मोरक्कोलाई दुई-शून्य गोल अन्तरले पाखा लगाउँदै फिफा विश्वकपको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ । खेलको सुरुवाती समयमा किलियन एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्ने सुनौलो मौका गुमाएका थिए । मोरक्कोका रक्षापंक्तिका खेलाडी नुसैर माजराउईले फउल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो , तर एमबाप्पेको प्रहारलाई मोरक्कोका गोलरक्षक यासिन बोनोले सजिलै विफल पारिदिए । तर, दोस्रो हाफमा खेलको ६०औँ मिनेटमा एमबाप्पेले पेनाल्टी बक्सको छेउबाट उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यसको केही बेरमै अर्थात् ६६औँ मिनेटमा उसमान डेम्बेलेले अर्को गोल थपेपछि फ्रान्सको जित पक्का भएको थियो । बोनोले बललाई नियन्त्रणमा लिने प्रयास गरे…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
