Author: khaptadm-admin

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि काठमान्डु गोर्खाजले अस्ट्रेलियाका चर्चित ब्याट्सम्यान डेभिड वार्नरलाई टोलीमा सामेल गरेको छ । काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरसँगको सम्झौताबारे औपचारिक जानकारी दिएको हो । वार्नर एनपीएलको इतिहासमै खेल्न आउन लागेका हालसम्मकै उच्च कदका अन्तर्राष्ट्रिय खेलाडी हुन् । ३९ वर्ष पुगेका वार्नरले अस्ट्रेलियालाई दुई पटक एकदिवसीय विश्वकप, एक पटक टी-२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । यसअघि गोर्खाजले श्रीलंकाका अलराउन्डर सहान अराचचिगे र भारतका विकेटकिपर-ब्याट्सम्यान केएस भरतलाई टोलीमा आबद्ध गरिसकेको छ । करण केसीको कप्तानीमा रहेको काठमान्डु गोर्खाजले यसपटक भिम सार्की, आदील आलम, रशिद खान, सन्तोष…

Read More

काठमाडौँ । नेपाल न्याय सेवाका रिक्त राजपत्राङ्कित विशिष्ट श्रेणीका पदहरूमा तीन जना वरिष्ठ अधिकारीलाई बढुवा सिफारिस गरिएको छ । न्याय सेवा आयोगको भदौ ३० गते बसेको बैठकले सर्वोच्च अदालत तथा न्याय परिषद्मा कार्यरत कर्मचारीहरूको पदोन्नति, नियुक्ति र पदस्थापनका लागि नाम सिफारिस गर्ने निर्णय गरेको हो । निर्णयअनुसार सर्वोच्च अदालतको रजिस्ट्रार पदमा सहरजिस्ट्रार ठगीन्द्र कट्टेल र अर्का सहरजिस्ट्रार बाबुराम दाहाललाई विशिष्ट श्रेणीमा बढुवा गरी पदस्थापनका लागि सिफारिस गरिएको छ । त्यसैगरी न्याय परिषद्को सचिव पदमा हालका कायममुकायम सचिव रामप्रसाद भट्टराईलाई बढुवा नियुक्तिसहित पदस्थापन गर्न सिफारिस गरिएको हो । न्याय सेवालाई थप प्रभावकारी बनाउन आयोगले योग्यता र ज्येष्ठताका आधारमा यी रिक्त पद…

Read More

कैलाली । कैलालीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–२ झिलमा मिनी ट्रकको ठक्करबाट मङ्गलबार बिहान एक बालकले ज्यान गुमाएका छन् । पश्चिमबाट पूर्वतर्फ गइरहेको से १ क १३५२ नम्बरको मिनी ट्रकले बाटोमा हिँडिरहेका ५ वर्षीय बालक लेखराज देउवालाई ठक्कर दिएको थियो । दुर्घटनामा टाउको र छातीमा गम्भीर चोट लागेका उनलाई तत्काल धनगढीस्थित माया मेट्रो अस्पताल पुर्‍याइएको भए पनि उपचारका क्रममा बिहान ९:२० बजे चिकित्सकले मृत घोषित गरेका हुन्। मृतक बालक स्थानीय भरत देउवाका छोरा हुन् । घटनालगत्तै प्रहरीले सवारी साधन र चालक लम्कीचुहा नगरपालिका–२ निवासी २९ वर्षीय सुनिल चौधरीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुर्घटनाको कारणबारे आवश्यक छानबिन भइरहेको जनाएको छ…

Read More

चतरा । कोशी नदीमा जलसतह बढेपछि सुरक्षा सतर्कता अपनाउन थालिएको छ । मंगलबार बिहान ११:१५ बजेको मापन अनुसार कोशी ब्यारेज भएर बग्ने पानीको प्रवाह प्रतिसेकेन्ड १ लाख ६६ हजार २६५ क्युसेक पुगेको छ । नदीमा पानीको मात्रा निरन्तर बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै ब्यारेजका ५६ ढोकामध्ये २० वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्रका अनुसार ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघ्ने बित्तिकै खतराको सूचक मानिन्छ । सोही मापदण्ड अनुसार अहिले खतराको संकेतस्वरूप रातो झन्डा गाडिनुका साथै रातो बत्ती बालेर तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह गरिएको छ ।

Read More

काठमाडौँ । नेपाली बजारमा मङ्गलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर ३ लाख १ सय रुपैयाँ कायम भएको छ। यसअघि सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्यमा पनि सामान्य गिरावट दर्ता भएको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला २० रुपैयाँले घटेर ४ हजार ६ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन सोमबार चाँदी प्रतितोला ४ हजार ६ सय २० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Read More

काठमाडौँ । नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय विद्युतीय खेल प्रतियोगिता पब्जी मोबाइल ग्लोबल ओपनका लागि भायानेट कम्युनिकेसन्सले आधिकारिक इन्टरनेट साझेदारको जिम्मेवारी सम्हाल्ने भएको छ । यस बृहत् खेल सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण उच्चस्तरीय इन्टरनेट तथा सञ्चार पूर्वाधार भायानेटले नै व्यवस्थापन गर्नेछ । गेमिङ प्रतियोगितामा स्थिर, निर्बाध र न्यून विलम्बता (लो लेटेन्सी) भएको कनेक्टिभिटी अत्यन्तै महत्त्वपूर्ण हुने भएकाले कम्पनीले आफ्नो बलियो सञ्जालमार्फत सेवा सुनिश्चित गर्ने जनाएको छ । यसभन्दा अघि पनि भायानेटले पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिपमा आधिकारिक इन्टरनेट पार्टनरका रूपमा काम गरिसकेको छ । नेपालमा अन्तर्राष्ट्रियस्तरका इ-स्पोर्ट्स प्रतियोगिताहरूको आयोजना क्रम बढेसँगै विद्युतीय खेलकुद क्षेत्रमा आफ्नो उपस्थिति अझ सुदृढ गर्दै लगिएको…

Read More

आजको राशिफल बिस २०८३ भाद्र ३० गते मंगलबार ईस २०२६ सेप्टेम्बर १५ नेपाल सम्बत ११४६ ञलाथ्व चतुर्थी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र कृष्ण पक्ष चतुर्थी, चन्द्रमा तुला राशिमा, स्वाती नक्षत्र, एन्द्र योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ११ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मंगलको प्रभावले आज आत्मविश्वास र सक्रियता बढाउनेछ। कार्यक्षेत्रमा चुनौतीपूर्ण जिम्मेवारी आए पनि सफलतापूर्वक पूरा गर्न सकिनेछ। व्यापारमा नयाँ कारोबारको सम्भावना छ। आर्थिक रूपमा लाभ मिल्न…

Read More

काठमाडौँ । त्रिशूली नदीमा आएको बाढीका कारण पहिरो गई अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक पुनर्निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । सडक विभागका अनुसार आउँदो असोज १ गतेदेखि उक्त खण्डमा यातायात सेवा पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्यका साथ बाँकी कामहरू तीव्रताका साथ भइरहेका छन् । भदौ १० र १४ गते परेको अविरल वर्षा र त्रिशूलीको कटानका कारण कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक पूर्ण रूपमा बगेपछि देशको मुख्य राजमार्ग ठप्प बनेको थियो । लगत्तै सडक विभागले जनशक्ति तथा आवश्यक भारी उपकरण परिचालन गरी नयाँ ट्र्याक खोल्ने र कटान भएको भागमा पुनर्स्थापना गर्ने कार्य अघि बढाएको थियो । भदौ…

Read More

काठमाडौँ । दुबईमा सम्पन्न महिला एसिया कप क्रिकेटको अन्तिम भिडन्तमा श्रीलंकालाई ७२ रनको फराकिलो अन्तरले पछाडि पार्दै भारतीय टोली च्याम्पियन बनेको छ । अघिल्लो संस्करणको फाइनलमा व्यहोरेको हारको बदला लिँदै भारतले आठौँ पटक एसिया कपको ट्रफी आफ्नो कब्जामा जमाएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८३ रनको बलियो योगफल खडा गरेको थियो । भारतका लागि ओपनर शफाली वर्माले आक्रामक ब्याटिङ गर्दै ३९ बलमा ६८ रन जोडिन । उनले २४ बलमै अर्धशतक प्रहार गर्दै प्रतियोगिताको इतिहासमै सबैभन्दा छिटो ५० रन बनाउने कीर्तिमानसमेत आफ्नो नाममा लेखाइन् । अर्की ओपनर स्मृति मन्धानाले…

Read More

काठमाडौँ । बालबालिकाको सर्वाङ्गीण विकास तथा अधिकार सुनिश्चितताका लागि आज देशभर ६२औँ राष्ट्रिय बाल दिवस मनाइँदैछ । ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ यस वर्षको दिवस विविध कार्यक्रम गरी मनाउन लागिएको हो । नेपालमा विक्रम संवत् २०२१ भदौ ४ गतेदेखि बाल दिवस मनाउन थालिएको इतिहास छ । तत्कालीन रानी रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिनको अवसरमा नेपाल बाल सङ्गठन स्थापना गरी अनाथ तथा टुहुरा बालबालिकाको संरक्षण सुरु गरेकी थिइन् । तर, संयुक्त राष्ट्रसङ्घको बालअधिकारसम्बन्धी महासन्धिलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको ऐतिहासिक दिनलाई स्मरण गर्दै २०६३ सालदेखि भने भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाउन…

Read More