- अमेरिकाले थप आक्रमण गरे नयाँ हतियार र नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी
- रसुवा बाढीको अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
- चितवनमा केराको उत्पादन बढे पनि मूल्य आधा घट्यो, बारीमै कुहिने चिन्ता
- झापाका सबै स्थानीय तहमा ३० वर्षमाथिका नागरिकलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप
- राष्ट्रसङ्घ महासभा जानुअघि प्रधानमन्त्री शाह र कांग्रेस नेताहरूबिच भेटवार्ता
- परराष्ट्र मन्त्रालयद्वारा ‘जलवायु कूटनीति शाखा’ स्थापना
- चलचित्र विकास बोर्डद्वारा बक्स अफिस रिपोर्ट सार्वजनिक: ‘गौथली’को कमाइ २५ करोड नाघ्यो; बक्स अफिसमा बेहुली र पेन्सन पट्टाको टक्कर
- त्रिपुरेश्वरमा गुडिरहेको बसमा आगलागी, चालक घाइते
Author: khaptadm-admin
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री र सचिवको उपस्थितिमा आज संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ माथि दफावार छलफल हुँदैछ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको यो बैठक बिहान ८ बजेका लागि तय गरिएको हो । समितिले दिएको जानकारी अनुसार प्रस्तावित विधेयकका विभिन्न दफाहरूमाथि गहन विचार-विमर्श गरी निष्कर्षमा पुग्न सम्बन्धित मन्त्रालयका पदाधिकारीहरूलाई बैठकमा आमन्त्रण गरिएको हो ।
काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजाआजा र दर्शनका लागि आउने श्रद्धालु भक्तजनलाई लक्षित गर्दै पशुपति क्षेत्र विकास कोषले पाँचवटा दर्शन रुटको प्रबन्ध गरेको छ । भक्तजनको चापलाई ध्यानमा राख्दै मन्दिरका चारै वटा ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको कोषले जनाएको छ । कोषका अनुसार उत्तरतर्फ मित्रपार्क र उमाकुण्ड भई आउने दर्शनार्थीले दक्षिणामूर्ति, कैलाश र बद्रिनसिंह भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट प्रवेश गरी दर्शन गर्न सक्नेछन् । त्यस्तै, गौशाला र जयबागेश्वरी हुँदै आउने भक्तजनका लागि दथुःटोल, पाचा गणेश, अन्नपूर्ण भण्डार र अस्थायी आकाशे पुल प्रयोग गरी भुवनेश्वरी, नासलचोक, शंकराचार्यमठ हुँदै पश्चिमतर्फको काठको मार्ग तय गरिएको छ । पूर्वी…
आजको राशिफल बिस २०८३ भाद्र २९ गते सोमबार ईस २०२६ सेप्टेम्बर १४ नेपाल सम्बत ११४६ ञलाथ्व तृतीया, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र कृष्ण पक्ष तृतीया, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, ब्रह्म योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १२ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कामप्रति उत्साह बढ्नेछ। कार्यक्षेत्रमा रोकिएको जिम्मेवारी पूरा गर्ने अवसर मिल्न सक्छ। सहकर्मीको सहयोगले जटिल काम सहज बन्नेछ। व्यापारमा नयाँ कारोबारको सम्भावना छ। आर्थिक…
काठमाडौँ । शहरी जनजीवनमा बढ्दै गएको मानसिक तनाव र अस्वस्थ जीवनशैलीलाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिकाले आफ्ना नागरिकका लागि विशेष आरोग्य अभियानको घोषणा गरेको छ । महानगरलाई ‘आरोग्य सहर’का रूपमा विकास गर्ने उद्देश्यका साथ प्रत्येक टोल र बस्तीमा निःशुल्क योग, ध्यान, प्राणायाम तथा व्यायामका कार्यक्रमहरू सञ्चालन गर्न लागिएको हो । यस अभियानलाई व्यवस्थित रूपमा अगाडि बढाउन महानगरपालिका र जीवन विज्ञान प्रतिष्ठानबीच द्विपक्षीय समझदारी भएको छ । सम्झौताअनुसार स्थानीयको आवश्यकता र सम्बन्धित वडाको सिफारिसमा विभिन्न स्थानमा आरोग्य केन्द्रहरू स्थापना गरिनेछन् । कार्यक्रमका लागि आवश्यक स्थान तथा भौतिक पूर्वाधारको प्रबन्ध महानगरले गर्नेछ भने दक्ष प्रशिक्षक र प्राविधिक सहयोग प्रतिष्ठानले उपलब्ध गराउनेछ । यो…
काठमाडौँ । उपत्यकाको सुरक्षा व्यवस्थालाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ प्रहरी वृत्त गौशालाको नवनिर्मित भवन सञ्चालनमा आएको छ । आइतबार आयोजित विशेष समारोहका बीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पुनर्निर्मित कार्यालय भवनको औपचारिक उद्घाटन गर्दै नवनिर्मित संरचनाको निरीक्षण गर्नुभयो । उद्घाटनपश्चात आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन पुनर्निर्माणमा प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने विभिन्न व्यक्तित्व तथा संघसंस्थालाई कदरपत्र र प्रशंसापत्रद्वारा सम्मान गर्नुभयो । पूर्ण रूपमा क्षति पुगेका प्रहरी संरचनाको पुनर्निर्माणमा प्राप्त जनसहयोगप्रति कृतज्ञता व्यक्त गर्दै उहाँले यस्ता कार्यले समुदाय र प्रहरीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । साथै, यस सहयोगले प्रहरी संगठनलाई थप नागरिकमैत्री, पारदर्शी र उत्तरदायी भई…
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार दिउँसो २ बजेका लागि आह्वान गरिएको यो बैठकमा सहभागी हुन केन्द्रीय पदाधिकारी, कार्यसम्पादन समितिका सदस्यहरूका साथै प्रदेश सभापतिहरूलाई निर्देशन दिइएको छ । बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीको आन्तरिक सांगठनिक व्यवस्थापनका विषयमा गहन छलफल हुनेछ । विशेषगरी नेता पूर्णबहादुर खड्का पक्षलाई आगामी महाधिवेशनमा सहभागी गराउन र उनीहरूसँगको समन्वयमा केन्द्रीय समितिमा उचित स्थान दिने वातावरण तयार पार्न यो बैठकलाई महत्त्वपूर्ण मानिएको छ ।
काठमाडौँ । बाढीका कारण अतिप्रभावित भई विपद् सङ्कटग्रस्त घोषणा गरिएका पाँच जिल्लाका १५ स्थानीय तहका बाढीपीडित परिवारले सरकारबाट तत्काल राहत पाउने भएका छन् । गृह मन्त्रालयले रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै राहत वितरण प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बाढीबाट घरबारविहीन भएका परिवारलाई अस्थायी बसोबास र जीविकोपार्जनका लागि यो सहयोग उपलब्ध गराउन लागिएको हो । सरकारले तय गरेको मापदण्ड अनुसार चार जनासम्म सदस्य रहेको परिवारलाई प्रतिमहिना १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराइनेछ । परिवारमा चार जनाभन्दा बढी सदस्य भएमा प्रत्येक थप सदस्य बराबर…
काठमाडौँ । नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीजको औपचारिक सुरुवात आज दर खाने दिनदेखि भएको छ । तीजको मुख्य दिन निराहार व्रत बस्नुअघि अघिल्लो रात महिलाहरूले मीठा र आडिला परिकार बनाएर दर खाने पौराणिक परम्परा रहँदै आएको छ । विशेष गरी माइती तथा दाजुभाइले छोरी-चेली र दिदीबहिनीलाई घरमा निमन्त्रणा गरी खीर, फलफूल र अडिला खानेकुरा खुवाउने गरिन्छ । शास्त्रीय मान्यताअनुसार रातको दुई भाग बाँकी छँदै अर्थात् मध्यरात अगावै दर खाइसक्नुपर्छ । वर्षभरि कर्मघरमा भोगेका दुःख, पीर र मर्कालाई गीतका माध्यमबाट पोख्ने र भ्रातृत्व तथा आत्मीयता साटासाट गर्ने पर्वका रूपमा पनि तीजको विशेष महत्त्व छ । शास्त्रीय विधानअनुसार भाद्र शुक्ल…
देशभर मनसुनी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल मनसुनी वायुको प्रत्यक्ष प्रभाव कायम छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ । हाल देशभर सामान्यतया बदलीको अवस्था छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका पहाडी तथा हिमाली भू-भागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । त्यस्तै लुम्बिनी र सुदूरपश्चिमका तराईका केही क्षेत्रका साथै मधेश, कोशी, बागमती र गण्डकीका तराई भेगका थोरै स्थानमा वर्षा हुनसक्ने अनुमान…
आजको राशिफल बिस २०८३ भाद्र २८ गते आइतबार ईस २०२६ सेप्टेम्बर १३ नेपाल सम्बत ११४६ गुलागा द्वितीया, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र कृष्ण पक्ष द्वितीया, चन्द्रमा कन्या राशिमा, हस्त नक्षत्र, शुक्ल योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४८ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १३ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आत्मबल बढ्नेछ र आफूले थालेको काम पूरा गर्ने दृढता आउनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। तपाईंको निर्णय क्षमताको प्रशंसा हुनेछ। व्यापारमा नयाँ कारोबारको…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
