Author: khaptadm-admin

काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीमा ब्रिक्सको १८औँ शिखर सम्मेलन सुरु भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स राष्ट्रहरूबीचको एकता र सहमतिलाई विश्व मञ्चमा ठोस परिणाममा बदल्नुपर्ने धारणा राखेका छन् । उनले आगामी २० वर्षका लागि महत्त्वाकांक्षी कार्यसूची तयार गर्न र विश्व शासन प्रणालीमा व्यापक सुधार ल्याउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री मोदीले विश्व शासन प्रणाली सुधारका लागि १० वटा प्रस्ताव अघि सार्दै आगामी शिखर सम्मेलनसम्म यसलाई मार्गचित्रका रूपमा विकसित गर्नुपर्ने बताए । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमा वर्तमान विश्व आर्थिक वास्तविकता अनुसार प्रतिनिधित्व र मतदानको अधिकार सुनिश्चित हुनुपर्ने उनको भनाइ थियो । यस्तै, कृत्रिम…

Read More

काठमाडौँ । ७ अगस्टमा रिलिज भएको भारतीय चलचित्र ‘हनुमान अंश’ ले भारतीय बक्स अफिसमा चमत्कारिक कमाइ गर्दै सफलताको नयाँ कीर्तिमान कायम गरेको छ । प्रदर्शनको ३६औँ दिनमा १० करोड ५० लाख भारतीय रुपैयाँ संकलन गर्दै यस चलचित्रले आफ्नो व्यापारिक यात्रालाई तीव्र बनाएको हो । हालसम्म यो चलचित्रले भारतमा १७३ करोड ६३ लाख खुद र २०५ करोड १५ लाख भारतीय रुपैयाँ कुल कमाइ गरिसकेको छ । मात्र २ करोड भारतीय रुपैयाँको लागतमा निर्माण भएको यस चलचित्रले बजेटको सय गुणाभन्दा बढी व्यापार गर्न सफल भएको हो । कमाइकै क्रममा ‘हनुमान अंश’ ले शुक्रबारको बक्स अफिसमा ठूला चलचित्र मानिएका ‘मिर्जापुर द मुभी’ र…

Read More

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने ‘प्लेयर अफ द सिरिज’ घोषित भएका छन् । प्रतियोगिताभरि कुल ६ खेल खेलेका सन्दीपले सर्वाधिक १७ विकेट लिँदै नेपाललाई च्याम्पियन बनाउन महत्त्वपूर्ण योगदान दिएका हुन् । प्रतियोगिताको क्रममा उनले बहराइनविरुद्ध ५, हङकङ चाइनाविरुद्ध ४, साउदी अरेबिया र ओमानविरुद्ध समान ३–३, तथा मलेसिया र फाइनलमा युएईविरुद्ध १–१ विकेट हात पारेका थिए । यसैगरी, फाइनल खेलमा उत्कृष्ट शतकीय पारी खेल्दै नेपाललाई जिताउन बलियो आधार खडा गरेका ओपनर आसिफ शेख ‘प्लेयर अफ द म्याच’ चुनिएका छन् ।

Read More

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका श्रमिक तथा प्राविधिकहरूको खोजी र उद्धारका लागि प्रयासहरू जारी राखिएका छन् । नेपाली सेना, भारतीय सेना तथा आयोजनाका प्राविधिकहरू सम्मिलित संयुक्त टोलीले सुरुङमा जम्मा भएको लेदो, माटो र भग्नावशेष हटाएर विद्युत् गृहसम्म पुग्ने बाटो खोल्न निरन्तर काम गरिरहेको छ । उद्धार कार्यलाई गति दिन डोजर, लोडरसहितका भारी उत्खनन उपकरणहरूको प्रयोग गरिएको छ । टोलीले शनिबारसम्म थप ७० मिटर सुरुङ सफा गरिसकेको जानकारी आयोजना प्रमुखले दिएका छन् । अब विद्युत् गृहसम्म पुग्न करिब ६० मिटर क्षेत्र मात्रै सफा गर्न बाँकी रहेको छ । टोलीले आज राति पनि कामलाई…

Read More

काठमाडौँ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनल भिडन्तमा कर्णाली शिवराजलाई स्तब्ध पार्दै अन्नपूर्ण स्पाइकर्स किंगले नेपाल भलिबल लिग (एनभीएल) को उद्घाटन संस्करणको ट्रफी उचालेको छ । उपाधि होडमा अन्नपूर्णले कर्णालीमाथि पूर्ण दबदबा कायम राख्दै लगातार तीन सेटको सोझो जित निकालेको हो । प्रतिस्पर्धाको पहिलो सेट २५-१५ ले आफ्नो पक्षमा पारेको अन्नपूर्णले दोस्रो सेट २५-२० र तेस्रो सेट २५-१८ ले जित्दै उपाधि पक्का गर्‍यो । केडिया समूहको आयोजनामा सञ्चालन भएको यस प्रतियोगितामा कुल ६ वटा टोलीले प्रतिस्पर्धा गरेका थिए । नेपाली पुरुष भलिबलको इतिहासमै पहिलोपटक आयोजना गरिएको यो फ्रेन्चाइज लिगको विजेता बनेसँगै अन्नपूर्णले २० लाख रुपैयाँ नगद…

Read More

काठमाडौँ । उपत्यकाका बौद्ध धर्मावलम्बीहरूले एक महिनासम्म मनाउने ऐतिहासिक तथा सांस्कृतिक गुँला पर्व शनिबार विधिवत् रूपमा समापन हुँदैछ । नेपाल संवत् अनुसार गुँलाथ्व पारुदेखि सुरु भई ञलाथ्व पारुसम्म चल्ने यो पर्व साउन शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म विशेष श्रद्धाका साथ मनाउने गरिन्छ । वर्षभरि दिवंगत भएका आफन्तहरूको सद्गति र सुखावती भुवन (वैकुण्ठ) मा वास होस् भन्ने कामनासहित यो अवधिमा आफन्तहरूले दैनिक रूपमा नजिकैका बौद्ध विहार, गुम्बा र चैत्यहरूको परिक्रमा गर्दछन् । विशेष गरी काठमाडौँका नेवार समुदायले बिहानै स्नान गरी चोखो भएर धाः, म्वाहाली, नेकू जस्ता परम्परागत बाजाहरू बजाउँदै स्वयम्भू महाचैत्यको परिक्रमा गर्ने गर्छन् । लिच्छविकालीन राजा हर्षदेवको शासनकाल (नेपाल संवत्…

Read More

काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण स्पाइकर्स किङ भिड्दै छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने यो प्रतिस्पर्धा दिउँसो ४ बजे सुरु हुनेछ । शुक्रबार भएको रोमाञ्चक प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई ३-१ को सेटमा पाखा लगाउँदै कर्णालीले फाइनलको यात्रा तय गरेको हो । अर्कोतर्फ, अन्नपूर्ण स्पाइकर्स किङ भने समूह चरणको तालिकामा शीर्ष स्थानमा रहँदै सिधै फाइनल प्रवेश गरेको थियो । यसअघि समूह चरणको भिडन्तमा कर्णालीले अन्नपूर्णलाई ३-१ को सेटमा हराएको इतिहास छ । केडिया समूहको आयोजनामा सञ्चालित यस प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो । नेपाली पुरुष भलिबल…

Read More

काठमाडौँ । आपत्कालीन स्वास्थ्य जोखिम र दुर्घटनाका बेला घाइतेको जीवन जोगाउन प्राथमिक उपचारको ज्ञान अपरिहार्य रहेको सन्देश दिँदै आज विश्वभर प्राथमिक उपचार दिवस मनाइँदैछ । अन्तर्राष्ट्रिय परम्पराअनुसार हरेक वर्ष सेप्टेम्बरको दोस्रो शनिबार यो दिवस मनाइने गरिन्छ । कुनै पनि आपत्कालीन परिस्थिति सिर्जना हुँदा दक्ष स्वास्थ्यकर्मी आइपुग्नुअघि सर्वसाधारणले दिने तत्कालीन सहयोगले बिरामी वा घाइतेको अवस्था थप बिग्रन पाउँदैन । यस वर्ष ‘प्रवासको अवस्थामा प्राथमिक उपचार’ भन्ने मूल नाराका साथ दिवस मनाइँदैछ । यसले विशेषगरी यात्राका क्रममा रहेका, आप्रवासी तथा विस्थापित जनसंख्यालाई सहजरूपमा प्राथमिक उपचार सुविधा पुर्‍याउनुपर्ने दायित्वलाई उजागार गरेको छ । सन् २००० देखि मनाउन थालिएको यो दिवसले स्थान सुरक्षित गर्ने,…

Read More

काठमाडौँ । मलेसियामा सञ्चालन भइरहेको एसीसी प्रिमियर कपको अन्तिम भिडन्तमा आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) आमनेसामने हुँदैछन् । क्वालालम्पुरस्थित क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ७:१५ बजेदेखि सुरु हुने यस खेलले उपाधि विजेताको टुङ्गो लगाउनेछ । प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई तथा युएईले हङकङ चाइनालाई पन्छाउँदै फाइनलको यात्रा तय गरेका हुन् । तेस्रो स्थानका लागि पनि आजै ओमान र हङकङ चाइनाबीच प्रतिस्पर्धा हुँदैछ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलको इतिहासलाई हेर्दा नेपाल र युएईबीच हालसम्म १५ वटा खेल भएका छन् । जसमध्ये नेपालले ९ खेलमा जित निकालेको छ भने युएई ६ खेलमा विजयी भएको छ । सन्दीप लामिछानेको कप्तानत्वमा रहेको १४…

Read More

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको स्पष्ट पारेको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै वरपर अवस्थित छ । अहिले देशभर आंशिकदेखि साधारणतया बादल लागिरहेको छ। कोशी, मधेश, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो समयमा पनि मुलुकभर साधारणतया बदली रहने अनुमान गरिएको छ । उच्च हिमाली क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यसैगरी पहाडी भू-भागका धेरैजसो ठाउँमा चट्याङ्गसहित मध्यम वर्षाको त्रास छ। तराई क्षेत्रको हकमा…

Read More