- तिहार र छठमा भरपर्दो विद्युत आपूर्ति गर्न प्राधिकरणको विशेष तयारी
- इजरायलमा सरकार गठनको अन्योल: राष्ट्रपति हर्जोगले आज नयाँ प्रधानमन्त्रीको दाबीबारे निर्णय गर्ने
- कोप–३१ सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आज टर्की प्रस्थान गर्दै
- सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ आज
- देशैभर धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाइँदै
- आजको राशिफल: २०८३ कार्तिक २१ गते शनिबार
- अमेरिकी मध्यावधि निर्वाचन नतिजापछि एआई क्षेत्रमा आशङ्का: न्यास्ड्याक ५.५ प्रतिशतले घट्यो, २५ खर्ब डलर स्वाहा
- हुम्लाको थेहे केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प
Author: khaptadm-admin
काठमाडौँ । विश्वभरका युवाहरूमा व्यावसायिक क्षमता र दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ आज अन्तर्राष्ट्रिय स्तरमा युवा सीप दिवस मनाइँदैछ । रोजगारी, स्वरोजगारी र उद्यमशीलताका लागि सीपको आवश्यकता र यसको महत्वलाई बुझाउन संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा हरेक वर्ष जुलाई १५ लाई यो दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । यस वर्षको दिवस ‘साझा भविष्यका लागि सीप’ भन्ने मूल नाराका साथ तय गरिएको छ । पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई), हरित अर्थतन्त्र, डिजिटल प्रविधि र श्रम बजारमा आएको तीव्र परिवर्तनले रोजगारीको पारम्परिक स्वरूप बदलिदिएको छ । यस्तो अवस्थामा युवा पुस्तालाई केवल प्राविधिक ज्ञान मात्र नभई डिजिटल साक्षरता, सामाजिक उत्तरदायित्व, नेतृत्वदायी…
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको स्पष्ट प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सरेर नेपालको तराई भू-भाग नजिक अवस्थित भएकाले देशभर मौसममा बदली र वर्षाको क्रम जारी छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका साथै मधेश र तराईका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हिमपात तथा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । यो क्रम राति पनि कायम रहने र…
काठमाडौँ । ट्राफिक प्रहरीले नियम मिच्ने सवारीचालकसँग जरिवाना काट्दा कुनै पनि खालको अतिरिक्त भत्ता वा कमिसन नपाउने नेपाल प्रहरीले प्रष्ट पारेको छ । केही समययता सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा ट्राफिक प्रहरीले जरिवाना गराएबापत कमिसन पाउने भन्दै भ्रम फैलिएपछि प्रहरीले यसबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले एक विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरीले उठाउने सम्पूर्ण जरिवाना रकम सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने जानकारी दिएका छन् । बिनाकुनै प्रमाण र सत्यता जाँच नगरी सम्प्रेषण गरिने यस्ता समाचारले राज्यका जिम्मेवार निकायप्रति नागरिकको भरोसा गुम्ने र प्रशासनिक काम कारबाहीलाई अनावश्यक रूपमा…
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको नेतृत्वमा सरकारले महेश्वरभक्त श्रेष्ठलाई जिम्मेवारी सुम्पिएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई निगमको कार्यकारी अध्यक्षसँगै महाप्रबन्धकको समेत काम गर्ने गरी नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले श्रेष्ठलाई दुवै पदको दोहोरो जिम्मेवारी सम्हाल्ने गरी नियुक्त गरेको जानकारी दिनुभयो ।
काठमाडौँ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वसाधारण र राष्ट्रसेवक कर्मचारीको हितलाई ध्यानमा राख्दै विभिन्न पाँच वटा महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार कृषि क्षेत्रको सुधारका लागि ‘बिउ विजन (पहिलो संशोधन) नियमावली २०८१’ लाई बैठकले स्वीकृत गरेको छ । यसैगरी, बाढीपहिरो जस्ता विपद्का बेला अग्रपंक्तिमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीहरूको प्रोत्साहनका लागि विशेष भत्ता उपलब्ध गराउने निर्णय सरकारले गरेको छ । खेलकुद क्षेत्रतर्फ देशको नाम राख्ने खेलाडी, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरिने भएको छ । हवाई क्षेत्रको व्यवस्थापनका लागि नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षमा महेश्वर…
काठमाडौँ । बिनाजानकारी लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक सहसचिवसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै ९० दिनभन्दा बढी समयदेखि गायब रहेका ती उच्च अधिकारीलाई कारबाही प्रक्रिया अघि बढाएको हो । विभिन्न माध्यमबाट सम्पर्क गर्ने प्रयास गर्दा पनि ती सहसचिव सम्पर्कमा नआएको र उनको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएको मन्त्रालयले जनाएको छ । उनी गत २०८२ साल माघ ११ गतेदेखि नै लगातार कार्यालयमा अनुपस्थित रहँदै आएका थिए । निजामती सेवा ऐन, २०४९ को प्रावधान अनुसार उनलाई सरकारी सेवाबाट बर्खास्त गर्ने तयारी मन्त्रालयले गरेको छ । यसै सन्दर्भमा १५ दिनभित्र चित्तबुझ्दो…
काठमाडौँ । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ गतेको उक्त निर्णयलाई उत्प्रेषणको आदेशमार्फत खारेज गर्ने फैसला सुनाएको हो । नेपाल मिडिया सोसाइटीका तर्फबाट अख्तियारप्राप्त निवेदक अधिवक्ता अनन्तराज लुइँटेलले दायर गरेको रिटमाथि असार २२ र २३ गते दुवै पक्षबीच बहस भएको थियो । अदालतको यो फैसलापछि प्रतिक्रिया दिँदै अधिवक्ता लुइँटेलले सरकारी निर्णय बदर हुनुले सम्पूर्ण सञ्चार क्षेत्रप्रति न्याय भएको बताएका छन् । सुनुवाइका क्रममा मिडिया सोसाइटीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शतिसकृष्ण खरेल, रमेश बडाल, ललितबहादुर बस्नेत, दिनेश त्रिपाठीका साथै अधिवक्ताहरू अनन्तराज लुइँटेल, विकास भट्टराई,…
काठमाडौँ । मुलुकको समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल गर्न आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजेका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाउनुभएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका चालू योजना, प्रशासनिक निर्णय तथा मन्त्रालयगत एजेन्डाहरूमाथि छलफल र आवश्यक निर्णय हुने तय भएको छ ।
चितवन । आइतबार साँझदेखि परेको लगातारको वर्षाले नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न ठाउँमा पहिरो र लेदो खस्दा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ । सडक अवरुद्ध भएपछि बीच बाटोमै रोकिएका यात्रु तथा सवारीसाधनलाई आइतबार रातिसम्म पहिरो पन्छाएर सुरक्षित स्थानतर्फ पठाइएको सडक डिभिजन भरतपुरले जनाएको छ । यद्यपि, वर्षा निरन्तर भइरहेकाले यस क्षेत्रमा फेरि पहिरो जान सक्ने ठूलो जोखिम देखिएको छ । यसै जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समितिको आपत्कालीन बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना नआएसम्मका लागि यस सडकखण्डमा सबै प्रकारका सवारीसाधन चलाउन रोक लगाएको छ । अहिले जलविरे नजिकै पुनः पहिरो खसेको छ । अन्य ठाउँमा खसेको…
काठमाडौँ । मुलुकको बाह्य व्यापारमा आयातको चाप बढ्दै जाँदा व्यापार घाटा झन् फराकिलो बन्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा कुल वस्तु व्यापार घाटा १५.७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ६.३ प्रतिशतले मात्र बढेको थियो । समीक्षा अवधिमा नेपालको कुल वस्तु निर्यात १२.३ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको ११ महिनामा निर्यात ७७.८ प्रतिशतले बढेको थियो । यस वर्ष भारततर्फको निर्यात १३.६ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ९.२ प्रतिशतले…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
