- तिहार र छठमा भरपर्दो विद्युत आपूर्ति गर्न प्राधिकरणको विशेष तयारी
- इजरायलमा सरकार गठनको अन्योल: राष्ट्रपति हर्जोगले आज नयाँ प्रधानमन्त्रीको दाबीबारे निर्णय गर्ने
- कोप–३१ सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आज टर्की प्रस्थान गर्दै
- सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ आज
- देशैभर धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाइँदै
- आजको राशिफल: २०८३ कार्तिक २१ गते शनिबार
- अमेरिकी मध्यावधि निर्वाचन नतिजापछि एआई क्षेत्रमा आशङ्का: न्यास्ड्याक ५.५ प्रतिशतले घट्यो, २५ खर्ब डलर स्वाहा
- हुम्लाको थेहे केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प
Author: khaptadm-admin
काठमाडौँ । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले आगामी दुई वर्षभित्र आफ्नो उत्पादन क्षमतालाई विस्तार गर्दै ३६ थरीका अत्यावश्यक औषधि बजारमा ल्याउने भएको छ । स्वदेशी उत्पादनलाई बलियो बनाउने उद्देश्यका साथ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लिमिटेडसँग साझेदारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको हो । अहिलेको अवस्थामा लिमिटेडले ११ प्रकारका मात्र औषधि उत्पादन गर्दै आएको छ । अब थपिने नयाँ सूचीमा उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घरोगीले नियमित प्रयोग गर्ने औषधिहरू समेत समावेश छन् । यसका लागि आवश्यक अध्ययन, गुणस्तर मापन, अनुमति लिने र प्रविधि जुटाउने कामलाई तीव्र पारिएको मन्त्रालयले जनाएको छ । यो योजनालाई पूर्ण रूप दिन मन्त्रालयले आवश्यक बजेटको…
काठमाडौँ । उपत्यकामा अत्यधिक उत्पादन भएर बजार नपाएको गोलभेँडालाई सरकारले बाहिरी जिल्ला पठाउन थालेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले किसानहरूले उचित मूल्य पाउन सकून् भन्ने उद्देश्यले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति, स्थानीय व्यवसायी र किसानका प्रतिनिधिहरूसँग समन्वय गरी यो कदम चालेको हो । मन्त्रालयले कालीमाटी मातहतमा रहेका ११ वटा संघीय कृषि बजारहरूसँग सहकार्य गरेर काठमाडौँ बाहिर गोलभेँडा पठाउने प्रक्रिया सुरु गरेको जनाएको छ । यसका साथै बाहिर पठाइएका गोलभेँडाको तथ्याङ्क राख्ने, अनुगमन गर्ने र सहजीकरण गर्ने काम पनि भइरहेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार गत असार ३१ गते कालीमाटी र अन्य कृषि फर्महरूबाट गरी कुल ३६.६५…
काठमाडौँ । गायक दुर्गेश थापा र बबिना किरातीको पछिल्लो गीत ‘मास्टर्नी’ लाई लिएर शिक्षण क्षेत्र आन्दोलित बनेको छ । गीतमा समावेश गरिएका शब्द र दृश्यहरूले शिक्षक पेसाको मर्यादामा आँच पुर्याएको भन्दै चौतर्फी आलोचना सुरु भएको हो । यस विषयमा नेपाल शिक्षक महासंघले औपचारिक रूपमै आफ्नो गम्भीर आपत्ति प्रकट गरेको छ । अभिनेत्री प्रियंका कार्की, दुर्गेश थापा, आर्यन सिग्देल र आयुष्मान जोशी फिचर्ड यस गीतले सम्पूर्ण शिक्षण क्षेत्रकै खिल्ली उडाएको महासंघको ठहर छ । महासंघले एक विज्ञप्ति जारी गर्दै उक्त गीतको प्रसारण तत्काल रोक्न चेतावनी समेत दिएको छ । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षिकाहरूलाई लक्षित…
काठमाडौँ । संघीय संसद्का सदस्यहरूले चालू आर्थिक वर्षको आफ्नो र परिवारको सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने भएको छ । संसद् सचिवालयले सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण आगामी भदौ २९ गतेभित्र दर्ता गराउन सांसदहरूलाई आग्रह गरेको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को कानुनी व्यवस्थाअनुसार आर्थिक वर्ष सकिएको ६० दिनभित्र यो विवरण बुझाउनुपर्छ । जसअनुसार सांसदहरूले २०८३ साउन १ गतेदेखि भदौ २९ गतेसम्मको अवधिमा सम्पत्तिको स्रोतसहितको अद्यावधिक विवरण पेस गर्नुपर्ने संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सांसदहरूले आफ्नो विवरण सिलबन्दी खाममा राखेर संसद् सुविधा व्यवस्थापन शाखा (भवन नं. १,…
काठमाडौँ । नेपाली परम्परा अनुसार आज देशभर साउने सङ्क्रान्ति पर्व हर्षोल्लासका साथ मनाइँदैछ । सूर्यले मिथुन राशिको यात्रा सकाएर कर्कट राशिमा प्रवेश गर्ने भएकाले यो दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । आजैका दिनदेखि सूर्य दक्षिणी गोलार्धतर्फ जाने भएकाले औपचारिक रूपमा दक्षिणायनको सुरुवात हुने गर्दछ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई हाम्रो संस्कृतिमा विशेष महत्वका साथ हेरिन्छ । असार महिनाभर हिलो र माटोसँग पौँठेजोरी खेल्दै कृषि कर्ममा व्यस्त रहने किसानहरूले आजको दिनलाई विश्राम र रमाइलो गर्ने अवसरका रूपमा लिन्छन् । असारको काम गर्दा लागेको हिलोमैलोका कारण आउन सक्ने छालासम्बन्धी रोग निको होस् भन्ने…
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सरकार गठन भएको १०० दिन पूरा भएसँगै राजनीतिक दलहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन् । यसै सिलसिलामा प्रधानमन्त्री शाह र संसदको छैटौं दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरूबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । करिब एक घण्टा चलेको उक्त भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र जनजीविकाका महत्त्वपूर्ण सवालहरूमा कुराकानी भएको हो । छलफलमा राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक खुस्बु ओली सहभागी थिए भने प्रधानमन्त्रीका साथमा उनका प्रमुख सल्लाहकार कुमार बेन र मुख्य स्वकीय सचिव सुवास शर्मा उपस्थित थिए । भेटघाटका क्रममा राप्रपा नेताहरूले संविधान…
काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा विशेष अदालतमा मुद्दा चलाइएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानका आधारमा विशेष सरकारी वकिल कार्यालयले उनीविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो माग दाबी गर्दै अभियोगपत्र दर्ता गरेको हो । पौडेलले व्यवसायी दीपक भट्टसँग मिलेर आफ्नो पद तथा प्रभावको गलत फाइदा उठाएको अभियोगपत्रमा उल्लेख छ । श्रीराम टोबाको उद्योग प्रालिको महँगो मूल्यको सेयरलाई कम मूल्यमा दीपक भट्टको कम्पनी हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रालिको नाममा गराएर पौडेलले आर्थिक लाभ लिएको विभागको ठहर छ । लामो समयको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले यो मामिलालाई अदालतसम्म पुर्याएको हो । यसअघि यही…
काठमाडौँ । महिला उद्यमीहरूको व्यवसायिक क्षमता अभिवृद्धिका लागि सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्री वालेन्द्र शाहले व्यक्त गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीहरूसँग भएको विशेष भेटघाटका क्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । भेटमा प्रधानमन्त्री शाहले महिला उद्यमीहरूका समस्या समाधान गर्न सरकार सधैँ सक्रिय रहने स्पष्ट पार्दै उनीहरूद्वारा उत्पादित सामग्रीहरूलाई पर्यटकीय क्षेत्रहरूमा बजारीकरण र प्रवद्र्धन गर्ने वातावरण निर्माण गरिने आश्वासन दिए । छलफलका क्रममा महासङ्घका प्रतिनिधिहरूले व्यवसायमैत्री वातावरण निर्माण गर्न, स्वदेशी उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पुर्याउन विशेष कार्यक्रमहरू सञ्चालन गर्न तथा विभिन्न व्यापार मेला, प्रदर्शनी र निर्यात प्रवद्र्धनका कार्यक्रमहरूमा अनिवार्य सहभागिता गराउन…
काठमाडौँ । मन्त्रिपरिषद्ले राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्यहरूलाई स्वकीय सचिव उपलब्ध गराउने व्यवस्था पुनः ब्युँताएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार सरकारले संघीय संसद्का सदस्यहरूलाई यो सुविधा दिने निर्णय गरेको हो । यसअघि सुशीला कार्की नेतृत्वको सरकारले गत असोज ५ गतेको निर्णयमार्फत सांसदहरूले पाइरहेको स्वकीय सचिवको सुविधा कटौती गरेको थियो । सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गरेर यो व्यवस्था पुनः लागू गरेको जानकारी मन्त्री गौतमले दिएकी छन् । यो कदमसँगै अब प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी कुल ३३४ जना सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो…
काठमाडौँ । राइड–सेयरिङ सेवालाई करको दायरामा ल्याउन सरकारले नयाँ नियम लागू गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक ऐन, २०८३ को व्यवस्था अनुसार पठाओ र इनड्राइभ जस्ता प्लेटफर्ममा काम गर्ने राइडरहरूले ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्ने नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो । अबदेखि यस्ता कम्पनीहरूले आफ्ना राइडरहरूबाट सेवा उपलब्ध गराएका बखत नै ५ प्रतिशतका दरले कर संकलन गर्नुपर्ने विभागले जनाएको छ । यसअघि राइड–सेयरिङ क्षेत्रको कर प्रणाली स्पष्ट नभएकाले सरकारले कार्यविधिलाई सरल र पारदर्शी बनाउन नयाँ निर्देशिका जारी गरेको हो । नयाँ नियम अनुसार प्लेटफर्महरूले राइडरबाट संकलन गरेको कर र त्यसको विस्तृत विवरण महिना सकिएको २५ दिनभित्र सम्बन्धित…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
