असोज २ काठमाडौं। बेपत्ता इच्छुमती टुकुचा खोला पुनः निर्माणका लागि काठमाडौं महानगरपालिकाले पहिलो चरणमा जय नेपाल हल र हात्तीसार क्षेत्रमा सातवटा ठूला भवन भत्काउने भएको छ।
शहरीकरण र जनता द्वारा अतिक्रमण भएको कारणले गर्दा धेरै पहिले लोप भएको टुकुचा खोला जय नेपाल हल क्षेत्रमा १५ फिट जमिनमुनि भेटिएको थियो।
भत्काइने भवनहरूमा जय नेपाल हल, नजिकैका दुई भवन, काठमाडौं प्लाजा, सिटी एक्सप्रेस रहेको भवन र नौ तले भवन छन्।