असोज २ काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।
जितिया जस्ता पर्वले भूगोल, जाति, धर्म र संस्कृतिका हिसाबले विविधताले भरिपूर्ण नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको राष्ट्रपतिको कार्यालयबाट जारी सन्देशमा जनाइएको छ।