असोज १२ वीरगन्ज। वीरगन्जमा हाल बन्द रहेको कृषि औजार कारखाना पुनः सञ्चालनमा आउने भएको छ ।
यस सम्बन्धमा नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएको छ । सम्झौतामा अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गरेका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार उक्त सम्झौता भएको हो ।