गएराति काठमाडौंको चन्द्रागिरिमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । उनीहरुले आश्रय लिएको ध्यान केन्द्र पहिरोले पुरिएको छ ।
चन्द्रागिरि नगरपालिका-२ मसिने जाने बाटोमा देउराली नजिकै केन्द्र रहेको चन्द्रागिरि नगरपालिका-२ का अध्यक्ष भाइकृष्ण तामाङले बताए ।
दुर्घटनामा परी मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया गीता श्रेष्ठ र १८ महिनाकी छोरी सारथी रहेको तामाङले जानकारी दिए । धुलिखेल नगरपालिका–१२ काभ्रेका श्रेष्ठ परिवार ध्यान केन्द्रमा बस्दै आएका थिए ।
भग्नावशेषबाट शव निकालेर पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको वडाध्यक्ष तामाङले जानकारी दिए ।